बलिउड अभिनेत्री सोनम कपूरलाई स्वाईन फ्लु भएको पुष्टी भएपछि एक अस्पतालमा भर्ना भएर उपचार भैरहेको छ । अस्पताल श्रोतका अनुसार उनको स्वास्थ्य स्थिती स्थिर रहेको छ । गुजरातमा चलचित्र ‘प्रेम रतन धन पायो’को शुटिङको दौरानमा उनलाई स्वाइन फ्लुको लक्षण देखिएको थियो । चलचित्र शुटिङकै क्रममा ज्यादै थकान महशुस भएपछि स्थानिय अस्पतालमा चेकजाँच गर्दा स्वाईन फ्लु भएको पाईएको थियो ।
सोनाम सँगै चलचित्र शुटिङमा रहेका नायक सलमान खानलाई पनि स्वाईन फ्लुको लक्षण देखिए पनि यसको पुष्टी हुन सकेको छैन । भारतका कयौं राज्यहरु स्वाईन फ्लुको चपेटामा परेका छन् । देशभर स्वाईन फ्लुको कारण एक हजार बढीको मृत्यू भईसकेको छ । गुजरातमा पनि जनावरी यता २५६ जनाको मृत्यू भैसकेको छ ।