Wed. Feb 5th, 2025

बलिउडका सपरस्टार र बलिउडकै चर्चित कमेडियन कपिल शर्मा निकै नजिकका मित्र मान्छिन् । शाहरुख कपिलले बोलाएका प्राय प्रत्यक कार्यक्रममा सहभागी हुने गरेका छन् । चर्चित कमेडियन कपिल शर्माले सञ्चालन गर्ने टेलिभिजन शो कमेडी नाइट विथ कपिलमा ३ पटकसम्म शाहरुख आफ्नो फिल्मको प्रमोशन गर्न पुगिसकेका छन् तर अब कपिल भने शाहरुख खानले सञ्चालन गर्ने टेलिभिजन शोमा भने सहभागी नहुने भएका छन् । शाहरुख खानले सञ्चालन गर्न लागेको एक टलिभिजन सोमा कमेडियन कपिल शर्मालाई पाहुना बन्न गरेको प्रस्तावलाई कपिलले अस्वीकार गरेका छन्।

kapil and saharuk

बलिउड लाइफ डटकमका अनुसार मार्च २ बाट प्रसारण हुने खानको नयाँ कार्यक्रम ‘इण्डिया पुछेगा सबसे साना कौन’ कार्यक्रममा उनले कपिललाई गेस्ट बनाउन चाहेका थिए। तर कलर्स टेलिभिजनमा ‘कमेडी नाइट विथ कपिल’ सञ्चालन गरिरहेका कपिललाई टिभीले अन्य कार्यक्रममा सहभागी नहुन भनेकाले प्रस्ताव अस्वीकार गरेको बताइएको छ। कलर्स टेलिभिजनले भने च्यानलले कपिललाई कुनै रोकतोक नलगाएको बताएको छ।