Wed. Feb 5th, 2025

 timthumb

वरिष्ठ संगीतकार अम्बर गुरुङ अस्वस्थ भएका छ्न । संगीत तथा नाट्य कला प्रतिष्ठानका उपकुलपतिसमेत रहेका संगीतकार गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । केहिवर्षयता पार्किन्सन्स र मधुमेहबाट पीडित गुरुङ बिहान अचानक घरमा लडेपछि उनलाई टाउकोमा चोट लागेको पारिवारिक स्रोतले जनाएको छ।उनलाई तत्काल ग्राण्डी अस्पताल पुर्‍याएर भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ। राष्ट्रिय गीतमा समेत संगीत गरेका गुरुङको स्वास्थ्य अवस्था अहिले चिन्ताजनक नरहेको तर स्वास्थ्य अवस्थाबारे पूर्ण विवरण भने थप परीक्षण पछि मात्रै भन्न सकिने अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले जानकारी दिए ।