टाइगर ‘सुपरहिरो’

Heropanti-tiger-shroff

बलिउडमा केहीले सुपरहिरोको भुमिकामा आफूलाई स्थापित बनाउने प्रयास गरेपनि केहिले मात्र त्यस्तो अवसर पाएका छन् जो साच्चिकै सुपरहिरो बनेका छन् । बलिउडमा सलमान खानपछि ‘क्रिस’ अभिनेता ऋतिक रोशनमात्र सुपरहिरोको भुमिकामा सफल देखिएका छन्। बलिउड सपरहिरोको सूचीमा अब जैकी श्राफका छोरा टाइगर थपिने भएका छन। नृत्य निर्देशकबाट फिल्म निर्देशक बनेका रेमो डिसुजाको नाम नखुलाइएको फिल्ममा उनी सुपरहिरो बन्न लागेका हुन्। सिनेमामा टाइगरसँग ज्याकलिन फर्नान्डिजले जोडी बाँध्नेछिन। हालै प्रेससँगको एक भेटघाटमा रेमोले फिल्मका लागि हलिउडका एक्सन करियोग्राफरसँग कुरा चलिरहेको जानकारी दिएका छन। त्यसैगरी रेमोले सुपरहिरोको भूमिकामा टाइगरलाई सशक्त देखाउन प्रशिक्षण गराउने पनि बताए। जैकी पुत्रले गतसाल ‘हिरोपन्थी’ सिनेमाबाट बलिउडमा धमाकेदार डेब्यू गरेका थिए।

Back To Top