Mon. Feb 24th, 2025

ranbir photo

केहि दिन अगाडी मात्र लण्डनमा बलिउड नायक रणबीर कपूरले कट्रिना कैफसँग इन्गेजमेन्ट गरेको कुराले बलिउड निकै तातेको थियो । यस विषयमा नायिका कट्रिना कैफले रणबीरसँग इन्गेजमेन्ट नभएको कुरा बताएकी थिइन तर आजसम्म पनि रणबीरले भने यस विषयमा कुनै पनि कुरा बोलेका थिएनन । तर दर्शकलाई भ्रम नपरोस भन्दैं रणबीरले यस विषयमा मुख खोलेका छन् । रणबीर कपूर कैफसँगको सम्बन्ध बारे बोल्दै अहिलेसम्म आफ्नो इन्गेजमेन्ट नभएको बताएका छन्। टाइम्स अफ इण्डियासँग कुरा गर्दै रणबीरले इन्गेजमेन्ट संसारलाई हामी विहे गर्दैछौ भन्ने बेला हो, हामी अझै त्यो अवस्थामा पुगेका छैनौं। रणबीले कट्रिनासँग इन्गेजमेन्ट भए सबैलाई जानकारी दिने पनि बताएका छन्।