२०१५ मा बिहेको खुसी साट्दै सलमान

salman

बलिउडका दबंगस्टार सलमान खानले सन् २०१५ मा आफ्नो बिहे भए धेरै खुसी हुने बताएका छन। बहिनी अरपिताको बिहे र आपकी अदालतमा अरु दुई खान (आमिर र शाहरुख) सँगै देखिएका सलमानले आउने वर्ष तीन खान फिल्ममा देखिने चर्चा पनि बलिउडमा चलेको छ। तर, सलमानले भने दुई खानसँग फिल्म खेल्नुभन्दा २०१५ मा आफ्नो बिहे भयो भने धेरै खुसी हुने बताएका हुन्। बिग स्टार इन्टरटेन्मेन्ट अवार्डमा सलमानले तीन खानसँगै फिल्म खेल्नुभन्दा बिहे गर्दा बढी खुसी हुने बताएका हुन। उनले साँच्चै बिहे गर्छन कि भन्नलाई मात्र भनेका हुन भन्ने कुरा त समयलेमात्र बताउने छ।