पछिल्लो समय विभिन्न कारणले चर्चामा रहेकी बलिउड अभिनेत्री एवं पूर्वपोर्नस्टार सनी लियोनले गुगल सर्चको २०१४मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पछाडि पारेकी छन्। गुगलले आफ्नो ‘मोस्ट सर्चड’ सूची अनुसार लिस्टको पहिलो नम्बरमा सनी लियोन, दोस्रोमा नरेन्द्र मोदी, तेस्रोमा नायक सलमान खान, चौथोमा नायिका कटरीना कैफ तथा पाँचौमा नायिका दीपिका पादुकोणको नाम छ।