Wed. Feb 5th, 2025

timthumbचर्चित रियालिटी शो ‘बिग बोस सिजन-८’ की प्रतियोगी डिआन्ड्रा सोरेसले कसैसँग चुम्बन गर्दैमा ‘गर्भवती’ नुहुने भन्दै मिडियालाई भ्रम नफैलाउन आग्रह गरेकी छिन् । बिग बोस घरबाट केही दिन बाहिर निस्किएकी उनले एक अखवारमा अन्र्तवार्ता दिंदै यस्तो बताएकी हुन्। अहिले बिग बोस १२औं हप्तामा चलिरहेको छ। बिग बोसका नायक गौतम गुलाटीसँग उनको सम्बन्धको बारेमा सञ्चार माध्यमहरूमा समाचारसमेत आएका थिए। दुवैले चुम्बन गरेको विषय खुब फैलिएको थियो। केही दिनअघि उनको स्वास्थ्यमा गडबडी भएपछि उनलाई अस्पताल लगिएको थियो र सञ्चार माध्यमहरूले उनी गर्भ जाँच गराउन अस्पताल गएको समाचार छापेका थिए।  त्यसैको खण्डन गर्दै उनले भनिन्‘किस गर्दैमा कोही प्रेग्नेन्ट हुँदैन, मेरो स्वास्थ्यमा अरु खरावी देखिएपछि मलाई अस्पताल लगिएको हो।’