‘कखरा’ हेरेपछि विद्यार्थी अचम्मित,मरेको बच्चा आखैं अगाडी

तपाई चलचित्रहलमा गएर चलचित्र हेर्दा चलचित्रमा कोहि व्यक्ति मेरेको देख्नु भयो अनि चलचित्र सकेर बाहिर आउँदा उहि मान्छे तपाईको आखाँ अगाडी देख्दा तपाईलाई कस्तो हुन्छ ? पक्कै अचम्म लाग्न सक्छ । तपाई चलचित्र हेरिरहदाँ चलचित्रको भाव सगँ तपाई डुवि रहनु भएको हुन्छ त्यसैले तपाईलाई त्यस्तो लाग्नु स्वभाविक पनि तर वास्तबमा त्यो हुदैंन । चलचित्रमा मरेको मान्छे सधैका लागी मर्यो भन्ने सम्झनु हुन्छ भने तपाई गलत हुनुहुन्छ । चलचित्रमा मात्र उक्त पात्र मरेको भुमिकामा हुन्छ तर बास्तविक भने त्यो हुदैंन । त्यस्तै दृश्य देखियो एक चलचित्रको च्यारिटी शोमा पनि । विद्यालयको ट्वाइलेटमा नै मरेको एक बच्चालाई पर्दामा हेरेका विद्यार्थीले बृत्तचित्र सकिएपछि उसलाई आफ्नै आखा अगाडि देखे । त्यसपछि त च्यारिटी हेर्न आएका सबै दंग परे अनि सबैले त्यहि एउटा कुरा गरे पर्दामा मरेको बच्चा कसरी बाच्यो ? डकुमेन्ट्री फिल्म ‘कखरा’ को दृष्य हेरेर हलबाट निस्कदै गरेका विधार्थीबीचको संवाद हो यो । फिल्ममा ८ वर्षिया कलाकार सौगात विष्टले बच्चाको अभिनय गरेका थिए । जसलाई आफ्नै आँखा अगाडी देखेर स–साना विद्यार्थीहरु अल्मलमा परेका थिए ।

kakhara-showकिनकी सौगात डकुमेन्ट्री फिल्म ‘कखरा’मा ट्वाईलेटमा थुनेर मरेको दृश्यमा देखिएका छन् । काठमाडौंको वालाजुमा अवस्थित अस्टनारायण हलमा गरिएको च्यारिटी प्रदर्शनमा कखराले धेरै दर्शकलाई रुवायो । ठूलो भीडमा उपस्थित भएका दर्शकले पर्दामा हेरेका कलाकारसँग साक्षात्कार गर्न पाउँदा धेरै खुशी समेत भएका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रीय, कलाकार भुपेन चन्द, ८ बर्षीय निर्देशक सौगात विष्ट, फिल्मका निर्देशक डिकेश लामा, गजित विष्ट, कोरोना नेपालकी अध्यक्ष सुमित्रा नेपाल, निर्माता विनोद लामाले दर्शकमाझ औपचारिक कार्यक्रम गरी शिक्षामा हुने दण्डलाई अन्त्य गर्न अभिभावक, शिक्षक र राज्यबाट पहल गर्नु पर्नेमा जोड दिन दर्शकलाई आग्रह गरेका छन् । गर्बु फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको डकुमन्ट्री संचारकर्मी डिकेश लामाको लेखन तथा निर्देशन रहेको छ । डकुमेन्ट्रीमा राजेश हमाल, सौगात विष्ट, भूपेन चन्द, सौजन्य सुब्बा, श्रीकृष्ण न्यौपाने, गजित विष्टको मुख्य भूमिका रहेको छ । यो डकुमेन्ट्रीले विधालयमा भएको दण्ड, त्रास सम्बन्धीका घटनालाई न्यूनिकरण गर्न मद्धत पुग्ने निर्देशक लामाले बताए ।

Back To Top