Mon. Feb 24th, 2025

ei-152530बलिउड अभिनेत्री ऐश्वर्या राय छोरीको जन्मपछि बलिउड फिल्ममा देखा नपरेकी अब छोरी पनि स्कुल जाने भए संगैं उनलाई अहिले धेरै ठाँउबाट चलचित्रको प्रस्ताब आईरहेका छन् । अब भने उनले धमाधम फिल्म खेल्ने भएकी छन्। जनवरीदेखि उनको फिल्म जब्जाको छायांकन हुनेछ भने निर्देशक करण जोहरको नयाँ फिल्मका लागि पनि उनले साइन गरिसकेकी छन्। रमाइलो कुरा त के छ भने नायिका कैट्रिना कैफसँगको प्रेमसम्बन्धले पछिल्लो समय चर्चामा रहेका नायक रणवीर कपुर ऐश्वर्यासँग स्क्रिन रोमान्स गर्नेछन्। फिल्ममा अनुष्का शर्मा पनि हुनेछन्। निर्देशक जोहरले अहिलेसम्म फिल्मको नाम जुराइ नसकेपनि निर्देशन भने आफैले गर्ने बताएका छन्।