श्रीकृष्णको सन्देशमा कारुणिक आवाज,बोल्न नसक्ने अबस्थामा श्रीकृष्ण

असार २३ गते नायिका स्वेता खड्का सगँ वैवाहिक जीवनमा बाधिएका नायक श्रीकृष्ण श्रेष्ठ हनिमुन मनाउन भारतको सिम्ला भएको अबस्थामा उतै विरामी परेपछि हाल सम्म पनि उनी नेपाल र्फकन सकेका छैनन् । करिब १ महिना वित्न लाग्दा समेत हाल श्रीकृष्ण कहाँ छन् भन्ने खबर बारम्बार मिडियाहरुमा आइरहेको अबस्थामा भारतको एपोलो हस्पिटलमा उपचार गराइरहेका श्रीकृष्णले हिजो अडियो सन्देश युटुव मार्फत सार्वजानिक गरेका छन् ।

10550947_310919275748906_3517399237756769788_n

भोली अर्थात साउन २३ गते देशभर प्रदर्शन हुन लागेको चलचित्र ‘कोहिनूर’लाई ‘कहाँ भेटिएला’ चलचित्र जस्तै माया गर्दिनु हुन भन्दै निकै कठिन स्वरमा उनले ३ मिनेट ४ सेकेण्डको अडियो आवाज युटुबमा पठाएका छन् । चलचित्र कोहिनूरमा श्रीकृष्ण र उनका श्रीमती सवेता खड्का मुख्य भुमिकामा देखिदै छन् । फिल्मको प्रचार प्रसारमा हिड्ने अबस्थामा चलचित्रका मुख्य पात्र नै उपचार गराउन भारत बसिदिदाँ चलचित्रले सोचे अनुरुपको व्यापार गर्ने नसक्ने धेरैले अनुमान लगाएका छन् । चलचित्र ‘कोहिनूर’लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

अडियो सुन्नका लागी तलको लिंकमा क्लिक गर्नुहोला । 

http://www.youtube.com/watch?v=qYkDDT9bOwI

Back To Top