‘लोग्ने मान्छे’नचले कालीमाटीको तरकारी बेच्ने निर्देशक संग्रौलाको अभिव्यक्ति

निर्देशक लय संग्रौलाको दोस्रो चलचित्र ‘लोग्ने मान्छे‘को निर्माण हुने भएको छ । चलचित्र लोग्ने मान्छेलाई लय संग्रौलाले नै निर्देशन गर्नेछन् । फिल्ममा नायक दीलिप रायमाझी र नायिका नन्दिता केसी देखापर्ने छिन् । साथै निर्देशक लय संग्रौला सगँ प्रेमसम्बन्ध रहिरहेको अनिशा गुरुङ पनि चलचित्रमा देखा पर्ने छिन् । चलचित्रलाई प्रदीप मित्तल र मदन गोपाल सुब्बाको संयुक्त रुपमा लगानी गर्नेछन् ।
logne manche
चलचित्रको छायंकन श्रावण २२ गते झापामा मुहुर्त भई सुरु हुने बताइएको छ । कार्यक्रममा बोल्दै निर्देशक लय संग्रौलाले यदि ‘यो चलचित्र नचले कालीमाटीबाट तरकारी किनी तरकारी व्यापार गर्ने बताएका छन् ।’ उनको भनाई अनुसार नेपाली सिनेनगरिकै अहिलेसम्मको राम्रो चलचित्र बन्ने पुर्ण विस्वासमा संग्रौला देखिएका छन्

Back To Top