Thu. Apr 18th, 2024

यस वर्षको मदन पुरस्कार सामाजिक उपन्यास ‘दमिनी भीर’ ले प्राप्त गरेको छ । मुकारुङ्को दमिनी भीर उपन्यासमा सहर पस्ने युवा जमात र गाउँमै विकाशको मुल फुटाउन खोज्ने युवाको विषयवस्तुलाई उठान गरेको पाईन्छ ।
मदन पुरस्कार गुठीको शनिवार बसेको वैठकले राजन मुकारुङले लेखेको सामाजिक उपन्यास ‘दमिनी भीर’ लाई मदन पुरस्कार दिने निर्णय गरेको हो । गुठीले जगदम्बाश्री पुरस्कार भने गीतकार रत्नशमसेर राणालाई प्रदान गर्ने निर्णय गरेको छ । मदन पुरस्कार र जगदम्बाश्री पुरस्कारको राशी २÷२ लाख रुपैया“ रहेको छ ।
२०१२ असोज १० गते सालमा रानी जगदम्बाले स्व. मदन शमसेर राणाको स्मृतिमा मदन पुरस्कार स्थापना गरेकी थिइन् । पुरस्कार प्रदान गर्ने पहिलो घोÈणा २०१३ सालमा गरिए पनि वितरण भने २०१४ सालदेखि सुरु गरिएको थियो । चार हजार रुपैंया राशीबाट पुरस्कार दिन थालिएको यो पुरस्कारको राशी अहिले दुइ लाख रुपैंया पुगेको हो । मदन पुरस्कार प्रत्येक वर्ष नेपाली भाÈामा प्रकाशित उत्कृष्ट कृतिहरुमध्ये एकलाई प्रदान गरिन्छ । विस २०६८ को मदन पुरस्कार अमर न्यौपानकोको सेतो धर्तीले प्राप्त गरेको थियो भने त्यसअघि झमक घिमिरेको जीवन काँडा कि फूलले प्राप्त गरेको थियो ।
जगदम्बाश्री पुरस्कार भने रानी जगदम्बाको स्वर्गारोहरणपछि गुठीले बि.सं. २०४५ सालमा स्थापना गरेको हो । श्वरसम्राट नारायणगोपाल गुरुवाचार्यले पहिलोपटक जगदम्बाश्री पुरस्कार प्राप्त गरेका थिए ।

%d bloggers like this: