Sat. Feb 22nd, 2025
नयाँ दिल्ली— दिल्ली सामुहिक बलात्कारका दोषी सबै चार जनालाई फासीको सजाय सुनाइएको छ। फासीको सजाय सुनाइएका मध्ये एकजनाको मृत्यु भइसकेको छ। दुवै पक्षको तर्क सुनिसकेपछि मंगलबार अदालतले चारै जनालाई दोषी ठहर गर्दै शुक्रबार फैसला सुनाउने मिति तोकेको थियो।
अदालतले उनीहरुलाई सामूहिक बलात्कार, हत्या प्रयास र अप्राकृतिक कृत्य तथा सबुत मेटाउन खोजेको अपराधमा दोषी ठहर गरेको थियो। प्रहरीले उनीहरुविरुद्ध १३ वटा अभियोगमा मुद्दा चलाएकोमा अदालतले १२ वटामा दोषी ठहर‍्याएको थियो।
गत वर्ष दिल्लीमा गुडिरहेको बसमा एक युवतीलाई सामुहिक बलात्कार गर्ने दोषीलाई कडा कारवाही माग गर्दै नागरिकस्तरबाट उठाइएको आवाजले भारतको राष्ट्रिय राजनीति समेत तरंगित भएको थियो।(nagariknews)