यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण देशभर बन्द रहेका सिनेमा हलहरु सञ्चालनमा आउने भएका छन् । दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सोमबारदेखि हलहरु सञ्चालनमा ल्याउने निर्णय आज आइतबार बसेको चलचित्र संघको बैठकले गरेको हो।
आन्दोलनका कारण तोडफोड र आगजनी हुँदा कुल पाँचवटा हलमा गरी करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान संघले गरेको छ । राती १० बजेभित्र सिनेमा हल बन्द गर्ने गरि हलहरु सञ्चालनमा आउने भएको छ।
हल संचालनमा आएसँगै यसअघिदेखि नै प्रदर्शनरत चलचित्रहरू रिमै, बागी ४, कोशेढुंगा, मोहर लगायतका चलचित्र प्रदर्शन हुनेछन् ।