Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
श्रद्धा फिल्म्सको ब्यानरमा तयार भएको चलचित्र “त म र ऊ” को राजधानीमा आयोजित एक कार्यक्रम बीच प्रोमो र २ वटा गीत सार्वजनिक गरिएको छ | नेपाली चलचित्र क्षत्रमा उदाउदो क्रममा रहेकी महिला निर्देशक लछु गौतमले यस चलचित्रको निर्देशन गर्नुभएको छ | नवराज प्रसाई , पदम प्रसाई र रबिन्द्र पराजुलीको निर्माण र सुदिन प्रसाईको लेखन तथा प्रस्तुति रहेको चलचित्रमा निता ढुंगाना , आमेश भण्डारी , सुदिन प्रसाई , कविन्द्रराज पुरी , दिनेश डि.सी , प्रभाकर श्रेष्ठ , अन्जना आर.सी , पुर्णिमा क्षेत्री , र बालकलाकारहरु राजेन्द्र बस्नेत , रोजिना अधिकारी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ |
OLYMPUS DIGITAL CAMERA
चलचित्र छायांकन नेपालको जोमसोम , कागबेनी , मुक्तिनाथ, काठमाडौँ लगाएतका विभिन्न रमणीय स्थानहरुमा गरिएको छ | चलचित्रमा आमेश भण्डारी र सागर गौतमको संगीत , निश्चल पेमा लामाको नृत्य , कृष्ण थापा त आमेश भण्डारीको गीत , शम्भु सापकोटाको छायांकन र जीवन गौतमको सह निर्देशन रहेको छ | सेन्सर बोर्ड मार्फत चलचित्रले सबैले हेर्ने तहको युनिभर्सल सर्टिफिकेट समेत पाइसकेको छ |
OLYMPUS DIGITAL CAMERA
त्यस्तै यो चलचित्र बिशुद्ध नेपाली चलचित्र रहेको र कुनै बलिउड र हलिउड चलचित्र संग यसको कुनै किसिमको मिश्रण नरहेको दाबी चलचित्रको निर्देशक लछु गौतमले गर्नुभएको छ | त्यस्तै चलचित्रको यो भन्दा अगाडी नै नेपाल बाहिर प्रदर्शनी भैसकेको र त्यहाँ निकै उत्साह जनक दर्शकहरुको सहभागिता देखिएकोले आफुहरुलाई यसले अझै हौसला प्रदान गरेको कुरा पनि उहाले उल्लेख गर्नुभएको छ | आफुले दर्शकहरुलाई निकै राम्रो चलचित्र बनाएर दिने प्रयास गरेको र अब बाकी सबै कुरा दर्शकहरु माथि नै छोड्ने कुरा पनि उहाले स्पस्ट पार्नु भएको छ |
ta-ma-ra-u
त्यस्तै चलचित्रका लेखक तथा प्रस्तुतकर्ता सुदिन प्रसाईले यो चलचित्र नेपाली सामाजिक चलचित्र रहेको र सम्पूर्ण दर्शकहरुले मनपराउने हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | आफुहरुले नेपाली दर्शकहरुलाई उहाहरुले खोजेको र रोजेको चलचित्र प्रस्तुत गर्ने प्रयास गरेको यसमा आफु सफल रहने प्रतिबद्धता उहाको रहेको छ | चलचित्रले मंसिर १७ गतेको लागि आफ्नो प्रदर्शन मिति तय गरेको छ |
ta-ma-ra-u
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: