Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
गत शुक्रवार देखि प्रदर्शन थालनी गरेको चलचित्र “लुट २” ले यतिबेला धमाका मच्चाई रहेको छ । प्राप्त जानकारी अनुसार पहिलो सुरुवाती दिनमा नै चलचित्रले करिव १ करोड ५३ लाखको ग्रस व्यापार गर्यो । पहिलो दिनको लागि अग्रिम टिकट बुकिङ भएको अवस्था थियो । अझै भन्नु पर्दा काठमाडौँ उपत्यका भित्रको सिनेमा घरहरुमा त दर्शकहरुले टिकट नपाएर धेरै समय पर्खिनु परेको कुरा पनि बाहिर आयो । चलचित्र हेर्न पहिलो दिनमा नै दर्शकहरुको ठुलो महासागर सिनेमा घरहरुमा उर्लेर आएको देखियो । चलचित्रले पहिलो दिनमा नै हलिउड र बलिउड दुवै चलचित्रलाई मल्टिप्लेक्स देखि रेप्लेस नै गरिदियो ।
loot-2
त्यहि क्रमलाई चलचित्र “लुट २” ले दोस्रो दिनमा पनि कायम नै राख्यो । चलचित्र प्रदर्शनको दोस्रो दिन शनिवारको अवस्था पनि हाउसफुल नै रहयो । देशभरका स्थानहरु देखि चलचित्र हाउसफुल मये भएको खबर दोस्रो दिन पनि आयो । चलचित्रलाई दर्शकहरुले अत्याधिक मनपराएको कुरा पनि बाहिर आएको छ । यस हिसाबले चलचित्र माउथ अफ पब्लिसिटी पनि निकै नै राम्रो गएको अवस्था यति बेला देख्न सकिन्छ । त्यहि अनुरुप चलचित्र हेर्न दर्शकहरुको भिड अझै सम्म पनि घटेको छैन । चलचित्रले २ दिनमा करिव ४ करोडको व्यापार गर्न सफल रहेको छ । यो नेपाली चलचित्र इतिहासमा अहिले सम्मकै ठुलो व्यापार हो । चलचित्र हेर्न दर्शकहरुको भिड सिंगल थिएटर र मल्टिप्लेक्समा खचाखच देखियो ।
loot-2
यस्तै चलचित्रको प्रदर्शनको तेस्रो दिन आईतवार पनि दर्शकहरुको घुईचो सिनेमा घरहरुमा अधिक देखियो । प्रदर्शनको तेस्रो दिन आइसक्दा पनि चलचित्र “लुट २” हेर्ने दर्शकहरुको संख्यामा अलिकति पनि कमि आएको छैन । दर्शकहरुको चाप सिनेमा हलहरुमा उत्तिकै धेरै रहेको देखियो । चलचित्रले आईतवार पनि अधिकांश हलहरुमा हाउसफुल नै शो गर्यो । यस्तै प्राप्त जानकारी अनुसार चलचित्रले मोफसलमा पनि हाउसफुल शो नै गरिरहेको छ । दर्शकहरुले चलचित्रलाई अत्याधिक मनपराएको खबरहरु देशभर देखि यति बेला आइरहेको छ । यस हिसाबले चलचित्रले अब चाडै नै नया कृतिमान नेपाली चलचित्रको इतिहासमा कायम गर्ने संकेत देखिन्छ ।
loot-2
अ प्रिन्सेस मुभिज र ब्ल्याक हर्स पिक्चर्स प्रोडक्सनको साथमा अ पोपकर्न पिक्चर्सको प्रस्तुति रहेको चलचित्र लुट २ मा सौगात मल्ल , दयाहाङ राई , कर्मा , ऋचा शर्मा , बिपिन कार्की , कामेश्वर चौरासिया , सृजना सुब्बा , सुशील राज पाण्डे , सुशील उप्रेती , एलिशा राई लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । चलचित्रको इडीटिङको काम भने सुरेन्द्र पौडेलले गरेका छन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा रेनेसा बान्तवा राई र विक्रम स्वारको नृत्य नृत्य निर्देशन समावेश छ । चलचित्रमा काली प्रसाद बास्कोटा , हर्कुलेस बस्नेत , रोशन थापा र सुरज शाही ठकुरीको संगीत रहेको छ । चलचित्रलाई निर्माण गर्ने काम भने माधव वाग्ले र नरेन्द्र महर्जनले गरेका छन् । यस्तै चलचित्रको लेखन तथा निर्देशन निश्चल बस्नेतले गरेका छन् ।
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: