Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
असोज २१ गते प्रदर्शन मिति तोक्दै प्रचार प्रसार तिब्र पार्दै लागिरहेको चलचित्र “किङ्ग” ले आफ्नो पहिलो पोस्टर सार्वजनिक गरेको छ | जे.एस इन्टरटेनमेन्ट र जगन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “किङ्ग” का निर्माता जयन श्रेष्ठ हुन् भने निर्देशक सबिर श्रेष्ठले चलचित्रलाई निर्देशन गरेका छन् | चलचित्रमा नेपाली चलचित्र क्षत्रका एक्शन किङ्ग मानिने नायक निखिल उप्रेती मुख्य भूमिकामा देखिदैछन् | चलचित्रमा उनि संगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेका छन् | रामजी लामिछानेको नृत्य समावेश चलचित्रमा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामले सुमधुर संगीत भरेका छन् | चलचित्रमा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ | चलचित्रका व्रान्ड म्यानेजर अतुलराज मैनाली रहेका छन् |
चलचित्र “किङ्ग” लाई अहिलेको बहुप्रतिक्षित चलचित्र मानिएको छ | यस चलचित्रबाट नायक निखिल उप्रेतीले अहिले सम्मको आफुले अभिनय गरेको अरु चलचित्र भन्दा निकै धेरै आशा समेत गरेका छन् | बिल्कुलै नया अवतारमा देखिएका निखिल आफुले यस चलचित्रमा आफुलाई निकै मेहेनतका साथ दर्शक माझ आफ्नो अभिनय प्रस्तुत गर्ने भरपुर प्रयास गरेको कुरा बताएका छन् | चलचित्रको निर्माणमा समेत कुनै कन्जुसाई नभएको कुरा निर्माता जयन श्रेष्ठले बताउदै आउनु भएको छ | नेपाल बाहिर बाट फिल्म मेकिङ्ग पढेर जानेर र अनुभव बटुलेर आउनु भएका निर्माता जयन श्रेष्ठले आफुले नेपाली दर्शकहरुले खोजेको जस्तो चलचित्र उहाहरु सम्क्ष प्रस्तुत गर्ने जमर्को गरेको कुरा स्पस्ट पार्नुभएको छ |
त्यसै गरि चलचित्र निर्देशक सबिर श्रेष्ठले पनि आफुले अहिले सम्म गरेका काम मध्य निकै उत्कृष्ट काम यस चलचित्रमा भएको कुरा उल्लेख गर्नुभएको छ | अहिले सम्म “कसले चोर्यो मेरो मन”, “काली”, “हमेशा”, “तथास्तु” र “रामप्यारी” जस्ता सुपरहिट चलचित्र दर्शक माझ प्रस्तुत गरिसकेका उनि अब फेरी दर्शक माझ अर्को सुपरहिट चलचित्र लिएर उपस्थित भएको कुरा बताउछन् | निर्माण पक्षले अहिले चलचित्रको प्रचारप्रसार बिस्तारै तिब्र पार्दै लगिरहेको छ | चलचित्रका बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ | चलचित्र निकै राम्रो बनेको र सम्पूर्ण दर्शकहरुको मन जित्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: