Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
“मौन” र “होस्टेल रिट्रन्स” जस्ता सुपरहिट चलचित्रका निर्देशक सुरज भुसालले आफ्नो तेस्रो चलचित्र “गाँठो” को प्रदर्शन मिती भाद्र ३१ तोकेका छन् | शनिबार काठमाडौँमा एक कार्यक्रमका बिच “गाँठो” को पहिलो पोस्टर र थिम सोङ्ग सार्वजनिक गरिएको छ |रिलीज गरीएको थीम सङलाई अनुपम शर्माले संगीत र स्वर दिएका छन् ।यसै गरि चलचित्र “गाँठो” को टिमले देशब्यापी रुपमा चित्रकला प्रतियोगिता सुभारम्भ गरेको छ |
abhaye-baral
gaatho
gaatho
कार्यक्रममा पत्रकार लगाएत चलचित्र क्षेत्रका थुप्रै बिसिस्ट बेक्तिहरुको उपस्थिति रहेको थियो | “गाँठो” आफ्ना २ चलचित्र भन्दा अलि फरक धारमा बनेको कुरा निर्देशक भुसालले जानकारी दिएका छन् | चलचित्रमा एउटा प्रेम सम्बन्धले कति जना मानिसहरुलाई असर पार्न सक्छ भन्ने कथा बस्तु समेटेर देखाउन प्रयास गरेको कुरा पनि उनले बताएका छन् |चलचित्रमा प्रस्तुत बिषय बस्तुले सम्पूर्ण दर्शकहरुको मन जित्ने कुरा पनि उनले प्रस्ट परेका छन् |
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
gaatho
चलचित्रका कलाकार नाजिर हुसेन र नम्रता श्रेष्ठले आफुहरुले निर्देशक सुरज भुसाल र उनका टिमसंग काम गर्दा निकै नै खुसि रहेको बताएका छन् | चलचित्रमा आफ्नो छुट्टै किसिमको भूमिका रहेको कुरा पनि हुसेनले प्रस्ट परेका छन् | यसै चलचित्रबाट डेब्यू गरेका नव नाईका नम्रता श्रेष्ठले आफुले यस चलचित्रमा धेरै नै मेहेनेत गरेको कुरा बताएकी छिन् |चलचित्रको पोस्टर र थिम सोङ्ग हेरिसकेपछि त्यहाँ उपस्थित सम्पूर्णले निर्देशक भुसाल र उनका टिमको खुलेर प्रशंसा गरेका छन् |
चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानको ध्वनी रहेको चलचित्रमा अरुणा कार्की र ध्रुव कोइरालाको समेत मुख्य अभिनय छ । चलचित्रमा तीलकबहादुर क्षेत्री, नृपेन्द्रराज जोशी र दीपेश भण्डारीको लगानी छ भने बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिएका छन् |
थिम सोङ्ग

%d bloggers like this: