Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
पछिल्ला वर्षहरुमा नेपाली फिल्ममा नयाँ नयाँ कथा र पात्र लिएर फिल्म बनाउने क्रम बढ्दो छ । यस्तै, एउटा नयाँ विषय लिएर तयार भइरहेको फिल्म हो– बिजुली मेसिन ।
नयाँ निर्देशक नवीन अवालले निर्देशन गरेको ‘बिजुली मेसिन’ मा आवाजबाट बिजुली निकाल्ने अभियानमा लागेको एउटा युवाको कथा छ । पानी र हावाबाट बिजुली निकाल्ने प्रविधि भए पनि फिल्ममा हवाई जहाज उडेकोजस्तो ठूलो आवाजबाट बिजुली निकाल्ने मेसिनको कल्पना गरिएको छ । र, यो मेसिनले मानिसहरुको जीवनस्तर उकास्न प्रयोग गर्न खोज्दा आइपर्ने झमेलाहरुबारे फिल्मको कथा निर्माण गरिएको छ ।
युनिभर्सल नेपालको ब्यानरमा संजीवकुमार न्यौपाने, दिपेन बस्नेत र रिसभ आचार्यले निर्माण गरेको फिल्ममा अभिषेक सुवेदीले मुख्य भूमिकामा अभिनय गरेका छन् । उनका साथमा रेलिजा श्रेष्ठ, जीवन अधिकारी र बुद्धि तामाङले पनि यसमा अभिनय गरेका छन् भने राजेश हमाल विशेष भूमिकामा देखिदैछन् ।

%d bloggers like this: