Thu. Apr 25th, 2024

aadha-page-press-meet-1बिहिबार सिनेमा “आधा पेज”को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । राजधानीको जमल स्थित नेप्लिज किचनमा आयोजित  प्रेसमीटमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय को प्रमुख आतिथ्य तथा अन्य सिनेकर्मीको उपस्थिति बीच यो सिनेमाको ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो ।
आगामी पुष १० गते बाट प्रदर्शन आउन यो सिनेमालाई समुन्द्र भट्टले निर्देशन गरेका हुन् । सार्बजनिक ट्रेलर र गीतमा तीन युवा साथीको माया, उनीहरुको सम्बन्ध अनि द्वोन्द र मतभेद देखाईएको छ, संगीत पक्ष उत्कृष्ट रहेको छ ।
aadha page
उक्त पत्रकार भेटघाटमा सिनेमाका मुख्य कलाकार सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपानेली आफ्नो सिनेमा राम्रो र दर्शकले रुचाउने बनेको भन्दै सफल हुनेमा समेत ढुक्क देखिन्थे । तीन मुख्य कलाकारका अलावा बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।

‘आधा पेज’लाई रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले निर्माण गरेका हुन् । रमण गायक र रुपक न्यौपानेको शब्द तथा संगीत समाबेस छ भने प्रेम परियार, रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।
आकाश बुढाथोकीको कथा ,रामजी लामिछानेले गीत कोरियोग्राफी, इन्द्र लाल श्रेष्ठको छयांकन  र सन्तोष ढकालको सम्पादन रहेको छ ।

तस्बिर: अर्जुन केआर संग्रौला
 

%d bloggers like this: