Fri. Mar 29th, 2024

चर्चित साहित्यकार कृष्ण धारावासीको कथा ‘झोला’मा आधारित रहेर झोला चलचित्रमा अभिनय गरेपछि पछाडी धकलिएको नायिका गरिमा पन्तको करियर माथि उचाल्न किनै मदत पुग्यो । उक्त चलचित्रबाट सार्क कल्चर सेन्टर श्रीलंका ले आयोजना गरेको फिल्म फेस्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड हात पारेपछि उनी एक्कासी चर्चामा आउन पुगिन जसले गर्दा उनले नेपालमा मात्र धेरै सम्मान र पुरस्कार थाप्ने मौका पाइन् । सति प्रथामा आधारित झोला पुस्तकका कुरा चलचित्रमा उतारेपछि गरिमाको गुम्न लागेको फिल्मी करियर जोगाउन धेरै मद्त पुग्यो ।
hhhhhhhhhhhhhhhपछिल्लो समयमा विभिन्न व्यक्तिहरुले लेखेका पुस्तकमा चलचित्र निर्माण हुने क्रम बढ्दै गएको छ । त्यस्तै विपि कोइरालाको चर्चित उपन्यास ‘तिन घुम्ती’ लाई लाई पनि चलचित्रको रुपमा निर्माण हुने भएको छ । जसमा गरिमा पन्त मुख्य भुमिकामा देखिने छिन् ।  पुस्तकको इन्द्रमाया नामक मुख्य भुमिकाकी पात्रको नामबाट चलचित्रको भुमिकामा गरिमाले उक्त रोल निभाउने छिन् । झोला चलचित्रले पाएको उपार सफलतापछि गरिमालाई अर्को पुस्तक तिन घुम्तीले कस्तो बाटो दिने हो त्यो भने भोलीको दिनले नै देखाउने छ । तिहारपछि छायांकन हुन लागेको सिनेमालाई बाबुराम ढकालले निर्देशन गर्दैछन् । यसअघि ‘दुलही’, ‘पर्खिराख है’, ‘नाइन ओ क्लक’ जस्ता सिनेमा निर्देशन गरिसकेका ढकालले केही सफल टेलिश्रृङ्खला पनि बनाएका छन् । कर्मा प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको चलचित्रमा सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको गीत रहनेछ ।

%d bloggers like this: