CHANNEL
फिल्म ‘ब्ल्याक’ को गीत रिलिज

आउँदो जेठ ११ गते लाई रिलिज लक्ष्य राखिएको फिल्म ‘ब्ल्याक’को एक गीत बाहिरिएको छ ।

बिहिबार आयोजित एक कार्यक्रमका बीच उक्त फिल्मको गीत रिलिज गरिएको थियो जहाँ कोरियोग्राफर रामजी लामिछानेले विगतका काम भन्दा फरक प्रतिक्रिया पाए ।

फरक यसर्थमा कि उनले कोरियोग्राफ गरेका प्राय गीतहरु त्यति अब्बल हुँदैनन थिए तर यस पटक उनको मिहिनेतले दर्शकको ध्यान खिच्ने हैसियत राख्दा उनी प्रसंसाको पात्र भईदिए ।

प्रदीप श्रेष्ठ निर्देशित ब्ल्याकमा आकाश श्रेष्ठ र आँचल शर्मा मेन लिडमा छन् । बताए अनुसार यो फिल्ममा पूराना पुस्ताका हिरोहरु धिरेन शाक्य, आयुष रिजाल र सुशिल क्षेत्री पनि छन् ।

आश्मा पाण्डेको यो फिल्मकी लगानीकर्ता हुन जसले पूरानै   क्यानभासमा  फिल्म बनाउँने निर्देशक  प्रदीप श्रेष्ठलाई धेरै  हद सम्म परिवर्तन गराउन  कम्रमाईज नगरेको देखिन्छ । सार्वजनिक गीतमा नयाँ गायक तथा संगीतकार प्रतिक पौडेलको स्वर शब्द र संगीत छ । शब्द तथा संगीतका हिसावले राम्रै मिहिनेत गरिएपनि गायन शैलीले दर्शकको ध्यान पूर्ण रुपमा खिच्छ भन्नेमा चाँहि शंका उब्जिन्छ ।

 

विशेष गरी यो गीत पब ,डिस्को जान रुचाउँने युवाहरुका लागि केही हदसम्म रोर्जाइको गीत बन्न सक्छ तर मास अडियन्सलाई यो गीतले पूर्ण रुपमा आकर्षित गर्ने कुरामा शंका छ । तर यसको प्रसंसनीय पाटो चाँहि के छ भने अडियो सुन्दा दर्शकको ध्यान त्यति धेरै नखिचिएपनि हेर्दा चाँहि केही हद सम्म दर्शक होल्ड हुन सक्छन् ।

कोरियोग्राफर रामजी लामिछानेले गीतको मुड अनुसार  विभिन्न लोकेशनमा फरक फरक शैलीका प्रप्स तथा भि.एफ.एक्स सेटिङका साथ पात्रहरुलाई खेलाउँदा यो गीत भिजुअल दृष्टीकोणबाट राम्रै बनेको छ ।

 

हेर्नुस् गीत

Facebook Comments