Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
नायिकाको रुपमा नेपाली चलचित्र जगतमा जमेकी शिल्पा पोखरेलले अब भने निर्माताको रुपले अगाडी बढ्ने भएकी छिन् । यहि हिसाबमा राजधानीमा एक कार्यक्रम बीच चलचित्र “मङ्गलम” को शुभ सहित गरिएको छ । छबिराज ओझाको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा शिल्पा कार्यकारी निर्माता छिन् ।
चलचित्रलाई नवल नेपालले निर्देशन गर्ने भएका छन् । चलचित्रलाई पारिवारिक कथाको हिसाबले विश्लेषण गरिएको छ । चलचित्रकी लिड अभिनेत्री शिल्पा नै हुन् । शिल्पाले यो फिल्ममा पुष्प खड्का र पृथ्वीराज प्रसाईंसँग स्कृन सेयर गर्दैछिन् । फिल्मको छायाँकन माघ ७ गतेबाट सुरु हुने कुरा निर्माण पक्षेले बताएको छ ।
फिल्मको सम्पुर्ण छायाँकन काठमाडौंमा नै हुने र एक गीत भने उपत्यका बाहिर खिचिने निर्मात्री बन्दै गरेकी अभिनेत्री शिल्पाले जानकारी दिएकी छिन् ।

Leave a Reply

%d bloggers like this: