Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
अहिलेको युवा पुस्तामा नेपाली गीत संगीत अन्तर्गत र्याप निकै चर्चित हुदै गईरहेको छ । कुनै बेला नेपालमा यो कुराको अत्तो पत्तो पनि थिएन । केहि समय अगाडी देखि यसको सुरुवात भए संगै यसलाई निरन्तरता दिने पनि हामी माझ धेरै कलाकारहरु रहेका छन् । यस्तै एक कलाकार हुन् यमा बुद्ध ( अनिल अधिकारी ) । उनलाई एक हिसाबले नेपाली र्यापको बलियो खम्बाको रुपमा पनि चिनिन्छ । युवा पुस्तामा उनको र्याप र उनको गीतहरु निकै प्रख्यात पनि छन् । तर अब उनि हामी माझ रहेनन् । प्राप्त खबर अनुसार उनको नेपाल बाहिर लन्डनमा निधन भएको छ । २९ वर्षिय यमा बुद्ध शनिबार आफ्नो बाथरुममा मृत भेटिएका खबर आएको छ ।
केहि समय अगाडी देखि उनि आफ्नो श्रीमती संग लन्डनमा बस्दै आइरहेका थिए । तर श्रोतको अनुसार उनको परिवारको सदस्यले उनको मृत्य नभई आत्महत्या भएको पुष्टि गरेका छन् । उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको छ । मृत्युको कारण विस्तृत विवरण आउन भने बाँकी नै छ । पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनको निधनबारे काठमाडौंमा परिवारलाई खबर भैसकेको जनाएको छ ।
सन् १९८७, ३० मे मा जन्मिएका अधिकारीको नयाँ एल्बम “खतरा” छिट्टै बजारमा आउने तयारीमा रहेको थियो । मोरङ स्थायी घर भएका अधिकारीको “मेरो जुत्तामा”, “साथी”, “आउदैछु म”, “फुटपाथ मेरो घर”, “यो प्रसङ्ग”, “दिदी”, “अन्त्यको सुरुवात”, “नाचन”, “आमा” लगायत कैयौं गीतहरु दर्शक श्रोताहरुको माझमा सर्भादिक हिट रहेका छन् । उनको निधनको खबर संगै देश विदेश देखि सबैले उनि प्रति श्रदान्जली प्रकट गरिरहेका छन् ।

Leave a Reply

%d bloggers like this: