Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
हाम्रो देशका नेपालीहरु विश्व भरि नै छरिएर बसेका छन् । यसको अर्थ हो हाम्रो कला र संस्कृति पनि संसार भरि नै फैलिएको छ । देशको पहिचान र नेपालीपनको विस्तारको लागि यति बेला बिदेशमा समेत हाम्रै नेपालीहरुको आयोजक्त्वोमा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् जसले हाम्रा नेपाली युवा पुस्ताहरु प्रति नेपालीपन र कला संस्कृतिको प्रकाश दिने काम गर्दछ । यसको मदतले नेपाली नया प्रतिभाहरुको जन्म पनि तीव्र रुपमा हुने देखिन्छ जुन नेपाली कला क्षत्रको लागि आमुल परिवर्तनको बिषय हुन सक्दछ । यस्तै एक कार्यक्रमको आयोजना अमेरिकाको सिन्सिनाटि सहरमा हुन गईरहेको छ जसको नाम हो “वर्षा बेस्ट पर्फोर्मर २०१६” । यसको आयोजना सक्छ्यम ग्रुपले गरेको हो । धेरै प्रतियोगिहरुको सांगीतिक माहोल बिचको भिडन्त पछि अब ४ जना प्रतिद्वन्दी बीच आउदो जनवरी १४ मा अन्तिम प्रतिस्पर्दा हुन गईरहेको छ । ति ४ जना मध्यका एक हुन् नव गायक कृष्ण राई ।
sayan-sokten
लामो समय देखि नेपाली गीत संगीतमा रमाईरहेका उनले अहिले आएर सहि अवसर पाएका छन् । उनले आफ्नो स्वरको जादुले धेरै दर्शक श्रोताहरुको मन जिती सकेका छन् । यहि हिसाबले पनि उनि यति बेला अन्तिम चरणको भिडन्तमा खडा भएका छन् । उनले आफ्नो सांगीतिक जीवनलाई फर्केर हेर्दा धेरै कुराको महसुस गरेको बताउछन् । उनि एक भुटनीज हुन् । उनले आफ्नो बाल्यकाल भुटनीज क्याम्पमा बिताए । यहि बिचमा एक दिन उनको भेट एक अन्धो ब्यन्जामिन नामक व्यक्ति संग भयो । चौतारीमा बसेर मिठो आवाजमा सुसेली रहेका उनि माथि नव गायक कृष्ण राईको नजर पर्यो र उनले त्यस व्यक्तिलाई आफ्नो घरमा शरण पनि दिए । उनि त्यस व्यक्तिको कला देखेर निकै लालाहित भए र उनि भित्रको संगीतको नशाले आकाश छोयो । उक्त व्यक्तिको हातमा एउटा गितार थामाउनको लागि मात्र पनि उनले अरुको घरमा केहि काम गरेर आफ्नो समय काटे र उनिबाट धेरै कुराको अभ्यास पनि गरे । आफ्नो बाल्यकालको सांगीतिक अभ्यास र सुरुवातको कहानी उनले यसरी नै केहि शब्दमा अन्त्य गरे ।
sayan-sokten
sayan-sokten
मन लगाए र लगावको साथमा कुनै कुरामा आफु लागिपरे कुनै काम अधुरो नरहने र सफलता अवश्य नै आफ्नो आगाडी हुने कुराको ज्वलन्त उदहारण यति बेला उनि बनेका छन् । त्यो व्यक्ति संग जोडिएर सुरु भएको उनको यात्रा आज आएर यो स्थान सम्म पुगेको छ । आजको दिन आफुले उक्त व्यक्तिलाई धेरै सम्झनाको साथमा धन्यवाद अनि आफ्नो प्रेणाको श्रोत समेत मान्ने बताए । अबको केहि दिनमा उनको प्रतियोगिताको अन्त्य पनि हुदैछ । तर उनले प्रतियोगितामा जित्ने भन्दा पनि त्यहाँबाट धेरै कुराको ज्ञान हासिल गर्ने कुरामा आफु बढी केन्द्रित रहेको बताए । आफ्नो सांगीतिक यात्राको बाटो त्यहाँबाट खुलिसकेको हुनाले पनि अब भने सहि गन्तब्यमा आफु एकत्रित भएको कुरा पनि उनले प्रष्ट पारेका छन् । विदेशको ठाउँमा रगत पसिना बगाएर काम गरेर जिविको पार्जन गर्ने त छदै छ त्यसको अलावा पनि उनले नेपाली गीत संगीत प्रतिको आफ्नो लगावलाई अलिकति पनि तल पर्न दिएका छैनन् । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने र यसको लागि आफु निकै मेहेनतको साथ लाग्ने कुरा पनि उनले उल्लेख गरेका छन् ।
sayan-sokten
sayan-sokten
प्रतियोगिताको नतिजा जे जस्तो भएता पनि आफुले अब सहि दिशा निर्देश पाइसकेको हुनाले नेपाली गीत संगीतमा आफ्नो जीवन व्यतित गर्ने उनको भनाई रहेको छ । आफ्नो अबको सांगीतिक यात्रा निकै फरक रहने र आफ्नो नया सांगीतिक प्रस्तुतिको लागि पनि तयारीहरु सुरु हुने क्रममा रहेको कुरा पनि उनले बताए । आफु युवा पिडि भएकोले र अहिलेको वातावरणको समस्त जानकारीबाट परिचित पनि भएकोले दर्शक श्रोताहरुको टेस्टलाई मध्य नजर गरेर नै नया गीत संगीतको निर्माण गर्ने विश्वास उनले ब्यक्त गरेका छन् । यस्तै दर्शक श्रोताहरु नै सर्वोपरी मान्ने उनले सबै दर्शक श्रोताहरुको हातमा रहेको र आफ्नो लागि दर्शक श्रोता नै भगवानको स्वरूप रहेको कुरा बताए । यसै गरि उनले जहाँ रहे पनि हामी नेपाली भएको हुनाले सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गरेर सुनेर हेरेर आफु जस्तो नया कलाकाहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्न हौसला प्रदान गर्ने दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: