Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बजार व्यवस्थापन धेरै हदले सहि दिशा तर्फ अगाडी बढिरहेको छ । यो हिसाबले यति बेला पुराना देखि नव कलाकारहरुको सक्रियेता पनि निकै तीव्र रुपमा बढ्न थालेको छ । अहिलेको पिडि संगै नेपाली गीत संगीतको पनि धेरै कुराको परिवर्तन आइसकेको छ । अहिलेको दर्शक श्रोताहरुलाई मध्य नजर गरेर उहाहरुको टेस्टलाई बुझेर नया सृजना गर्नु उपयुक्त मानिन्छ । अहिले पनि कति कलाकार सफलताको सिडी चड्ने क्रममा हुनुहुन्छ । यस्तै नया सोच बोकेर अगाडी बढ्छु नेपाली गीत संगीतमा केहि गर्छु भनेर आफ्नो प्रतिभालाई बाहिर लिएर आउने तयारीमा रहेका छन् गायक राहुल लामा । उनि नेपाली गीत संगीतमा धेरै अगाडी देखि आबद्ध रहेका छन् ।
rahul-sherpa
अहिले हाम्रा धेरै नेपाली जनशक्ति बिदेशमा रहनु भएको छ । यसमा नेपाली कलाकारहरुको पनि धेरै नाम रहेको छ । प्रतिभा हुदा हुदा पनि सहि मार्ग दर्शक नपाएर समय संगै धेरै कुराको अभावले हाम्रा धेरै प्रतिभावान कलाकारहरु बिदेशमा दुख गरिरहेको अवस्था छ । तर त्यहाँ रहेर पनि आफ्नो कला अनि प्रतिभालाई निरन्तरता दिने कलाकार पनि हामी माझ रहेका छन् । त्यहि मध्यका कलाकार हुन् नव गायक राहुल शेर्पा । उनले धेरै कुराको अनुभव लामो समयको मेहेनत र साधना पछि अहिले आएर भने नेपाली गीत संगीत क्षत्रमा आफ्नो पाईला अगाडी सार्ने क्रममा रहेका छन् । उसो त उनले यस क्षत्रमा मोडेलको मार्फतबाट पनि आफ्नो पाईला टिकाई रहेका छन् । उनले केहि गीतहरुको म्युजिक भिडियोमा मोडलिङको काम समेत गरिसकेका छन् । तर आफ्नो पहिलो प्राथमिकतामा भने गायन रहेको कुरा उनले प्रष्ट पारेका छन् ।
rahul-lama
उनि अहिले नेपाल बाहिर रहेका छन् तर पनि उनले आफ्नो नया एल्बमको लागि निकै मेहेनतका साथ तयारी गरिरहेका छन् । उनको यति बेला एल्बमको कामहरु भईरहेको छ । अबको केहि समयमा नै आफ्नो नया एल्बम दर्शक श्रोता माझमा सार्वजनिक हुने कुरा उनले बताएका छन् । बिदेशमा रहेर रगत पसिना बगाएर काम गर्दा समेत गीत संगीत प्रतिको माया मोहलाई भने उनले मर्न दिएका छैनन् । उनले समय निकालेरै भए पनि आफ्नो चाहना र प्रतिभाको सहि ढंगले कदर गरेका छन् । उनले धेरै गीतहरुको कवर भर्सन पनि गाईसकेका छन् । यस्तै त्यहाँ बिदेशमा हुने धेरै कार्यक्रमहरुमा पनि उनले आफ्नो प्रस्तुतिहरु पेश गरिसकेका छन् ।
rahul-sherpa
दर्शक श्रोताहरुको मनमा आफ्नो पहिचान बनाउनु पर्ने भएकोले पनि केहि समय लिएर आफुले यति बेला धेरै मेहेनत गरिरहेको उनले बताए । अहिलेको दर्शक श्रोताहरुको टेस्टलाई आफुले निकै राम्रो संग बुझेको र उहाहरुलाई आफ्नो प्रस्तुतिबाट कदापी निराश नहुनु पर्ने विश्वास समेत उनले ब्यक्त गरेका छन् । नव कलाकार भएता पनि प्रतिभाले नै सबैको मन जित्ने हो भन्ने खालको उनको मान्यता रहेको छ । यहि हिसाबले उनले आफ्नो आउने प्रस्तुतिलाई हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि आफ्नो प्रतिक्रिया अनि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: