Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
बिगत लामो समय देखि नेपाली गीत संगीतमा आफ्नो जीवन व्यतित गरेका गायक तथा कम्पोजर यमन माझी अब आफ्नो नया प्रस्तुति लिएर दर्शक श्रोता सामु आउने तयारीमा रहेका छन् | उनले भर्खरै मात्र आफ्नो नया गीतको रेकर्डिङ सकेका छन् | “सगै जिउने कसम खायौं ” बोलको गीतमा क्रिस राज माझीको शब्द , भुवन प्रकाश बदुको अरेन्ज र स्वयम उनको कम्पोजिसन र स्वार रहेको छ | उनले बिग परिवेश डिजिटल स्टुडियोमा यस गीतको रेकर्डिङ गरेका हुन् |
yaman-majhi
उनले छिट्टै नै आफ्नो नया एल्बम लिएर आउने तयारी समेत गरिरहेका छन् | सबैतिर निकै सक्रिय हिसाबले लागेका उनले नेपाली सांगीतिक क्षत्रलाई भने आफ्नो बिशेष प्राथमिकतामा राखेका छन् | नेपाली गीत संगीत क्षत्रमा उनको प्रवेश निकै लामो समयको हो र उनले अहिले सम्म पनि आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिन सफल रहेका छन् |
yaman-majhi
आफ्नो नशा नशामा गीत संगीत बसेको बताउने उनि नेपाली गीत संगीतको सर्जकको रुपमा पनि रहेका छन् | उनि युवा कलाकारको सुचिमा पर्दछन् | उनको गीत भने सबै बर्गमा प्रख्यात छन् | नेपाली दर्शक श्रोताहरुको टेस्टलाई राम्रो संग बुझेका उनले आफुले जहिले पनि कसरि राम्रो प्रस्तुति दिन सकिन्छ भन्ने कुरामा नै बढी केन्द्रित रहेको बताएका छन् |
yaman-majhi
सानै देखिको लगाव र इच्छाको साथमा अधिक समयको साधना पछि यस क्षत्रमा प्रवेश गरेका उनले आफ्नो प्रतिभाको स्तरलाई पनि संग संगै बढाउदै लगिरहेका छन् | अब आउने क्रममा रहेको उनको प्रस्तुतिले दर्शक श्रोताहरुलाई खुशी तुल्याउने विश्वास उनले ब्यक्त गरेका छन् | अबको केहि समयमा नै आफ्नो नया नया प्रस्तुति दर्शक श्रोताहरुले सुन्न र हेर्न पाउने हुने कुरा पनि उनले उल्लेख गरेका छन् |
yaman-majhi
दर्शक श्रोताहरु नै सर्वोपरी भएकोले आफ्नो प्रतिभालाई सहि ढंगले मुल्यांकन गरेर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन दर्शक श्रोता माझ उनले हृदय देखि नै अनुरोध समेत गरेका छन् | जस्तो सुकै समस्या आएता पनि कहिले पछि नहट्ने र दर्शक श्रोताहरुलाई निराश पर्ने काम कहिले पनि नगर्ने कुरा पनि उनले स्पस्ट पारेका छन् |

Leave a Reply

%d bloggers like this: