Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा आज धेरै अरु पेशाका व्यक्तिहरु पनि अब्बल कलाकारको रुपमा स्थापित छन् | तर धेरैले आफ्नो सांगीतिक यात्रालाई भने अगाडी लिएर जान सकेनन | थुप्रै कलाकारहरु त यस क्षत्रबाट पलाएन भएको पनि देखियो | तर धेरै मेहेनत र लगावका साथ आफ्नो सांगीतिक यात्रालाई निरन्तर रुपमा अगाडी बढाईरहेका कलाकारहरुको पनि हामी माझ लामो सुची रहेको छ | यसै सुची भित्र पर्न सफल एक नाम हो गायक सुमन श्रेष्ठ ( संगम ) |
suman-shrestha-sangam
उनि बिगत केहि समय देखि नेपाली सांगीतिक क्षत्रमा रहिआएका छन् | तर उनले छोटो समयमा नै नेपाली थुप्रै दर्शक श्रोताहरुको मनमा राज गरिसकेका छन् | उनले आफ्नो प्रतिभाले नेपाली गीत संगीतको माहोलमा आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् | उनको पछिल्ला गीतहरुले नेपाली सांगीतिक बजार खुबै तताएको छ | यसै बिच उनले भर्खरै मात्र आफ्नो नया गीत बाहिर सार्वजनिक गरेका छन् | गोपाल दाहालको शब्द , बसन्त सापकोटाको संगीत र स्वयम आफ्नो सुमधुर आवाजमा उनले “हामी साथी साथी” बोलको गीत बाहिर सार्वजनिक गरेका हुन् | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ | ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकनमा स्वयम गायक सुमन श्रेष्ठ ( संगम ) ले यस गीतको म्युजिक भिडियोलाई निर्देशन गरेका छन् | यस गीतबाट उनले निर्देशन तर्फ पनि आफ्नो पाईला अगाडी सारेका छन् |
suman-shrestha-sangam
suman-shrestha-sangam
आफ्नो जन्म स्थल धरानमा आयोजित एक कार्यक्रम बीच उनले आफ्नो यस नया गीत सार्वजनिक गरेका हुन् | उक्त कार्यक्रममा थुप्रै माननीय व्यक्तिहरुको साथमा पत्रकार अनि दर्शक श्रोताहरुको पनि उपस्थिति रहेको थियो | उनले कार्यक्रममा बोल्दै नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको र यसमा आफुले आफ्नो जीवन व्यतित गर्ने कुरा पनि उल्लेख गरेका छन् | लामो समयको अन्तरालको अनुभव पछि आफुले अहिले निर्देशन तर्फ पनि पाईला चालेको र आफ्नो यस प्रयासलाई पनि दर्शकहरुले रुचाईदिनु हुने विश्वास उनले ब्यक्त गरेका छन् |
suman-shrestha-sangam
suman-shrestha-sangam
पेशाले उनि एक कुशल इन्जिनियर पनि हुन् | उनि धरानमा बसेर नै आफ्नो काम गर्छन | तर यसको अलावा पनि उनले नेपाली गीत संगीत प्रतिको आफ्नो लगाव र इच्छालाई मर्न दिएका छैनन् | आफ्नो कामको तालिकालाई मिलाएर पनि उनले पुग्दो समय नेपाली गीत संगीतमा खर्चिरहेका छन | उनको यो समय यतिकै खेरा पनि गएको छैन | उनको प्रस्तुतिहरुलाई दर्शकहरुले पनि आत्मसाथ गरेका छन् | आफ्नो गायिकाको प्रतिभा संगै निर्देशनको काम पनि बखुबी राम्रो ढंगले निभाउने प्रयास आफुले गर्ने कुरा उनले बताएका छन् |
suman-shrestha-sangam
suman-shrestha-sangam
दर्शक श्रोता आफ्नो लागि भगवानको स्वरूप रहेको र आफ्नो सबै प्रस्तुति उहाहरुको लागि नै भएको हुनाले उहाहरुको साथ र मायाले आफुलाई अझै अगाडी राम्रो गर्ने हौसला मिल्ने उनले बताएका छन् | दर्शक श्रोताहरुको इच्छा चाहनालाई बुझेर अगाडी अझै राम्रा राम्रा प्रस्तुतिहरु लिएर आउने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: