Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी मात्र चैत्र ११ गतेको प्रदर्शन मिति तय गरेको चलचित्र “सायद २” ले आफ्नो प्रदर्शन मिति केहि दिन अगाडी सारेको छ | निर्माण पक्षेले दिएको जानकारी अनुसार अब चलचित्र चैत्र ४ गते प्रदर्शनमा आउने भएको छ |
saayad-2
दुर्गिश फिल्मसको प्रस्तुति रहेको चलचित्र “सायद-२” मा सुशील श्रेष्ठ , शारून श्रेष्ठ , अमृत ढुंगाना , कुशल पाण्डे , सुनिल रावल , सुशील सिटौला , निशा कार्की , रुबिना श्रेष्ठ , बुद्धि लाल मगर लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको लेखन तथा निर्देशन पुष्पराज टि न्यौपानेले गरेका हुन् भने निर्माता तर्फ सुनिल रावल , इश्वोर श्रेष्ठ र सुवास लामिछाने रहेका छन् | चलचित्रमा राजु विक्रम थापाको छायांकन , अस्ट महर्जनको द्वन्द र गोबिन्द राई एवं विक्रम स्वरको नृत्य निर्देशन समावेश रहेको छ |
saayad-2
चलचित्रले अहिलेको युवा पिडिको कथा बोकेको जानकारी निर्माता सुनिल रावलले दिएका छन् | अहिलेको युवा पुस्ताको बदलिदो समय र उनीहरुको व्यवहारलाई र त्यसबाट आइपर्ने समस्या र समाधानलाई निकै सरल रुपमा चित्रण गर्ने प्रयास आफुहरुले गरेको कुरा समेत उनले उल्लेख गरेका छन् | चलचित्र निकै राम्रो बनेको र सबै दर्शकहरु मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् |

Leave a Reply

%d bloggers like this: