Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन १७ गते प्रदर्शन मिति तय गर्दै चलचित्र “दर्पण छाँया २” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “आकाशैमा खुलेको जुनको” बोलको उक्त गीतमा गायिका मेलिना राई र गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वर भरेका छन् | गीतलाई सबु रबिले लेखेका हुन् | सार्वजनिक उक्त गीतमा हामी कलाकार पुष्प खड्का र साहारालाई सुन्दर नृत्य गरेको देख्न सक्दछौ |
पुराना तथा अनुभवी निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा पुष्प र साहारासँगै श्रद्धा प्रसाईं, फिरोज तिमिल्सिना, सेरबहादुर गुरुङ, जीवन आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ |
साहारा फिल्मस् प्रोडक्शनको व्यानरमा तयार भएका यस चलचित्रको निर्माता तर्फ सबु गदाल कार्की र रबि कार्की रहेका छन् | त्यस्तै चलचित्रमा रामेश्वोर कार्कीको छायांकन रहेको छ | चलचित्रको कथा वस्तु निकै नै राम्रो बनेको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्माण पक्षेले व्यक्त गरेको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: