Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा केहि गर्छु भनेर आएका थुप्रै कलाकारहरु रहेका छन् | तर सबै कलाकारहरुले लामो समय सम्म भने यस क्षत्रमा निरन्तरता दिन सकेनन | तर यस क्षत्रमा नै मेहेनत गरेर केहि गर्छु भनेर दृढ सोच बोकेर आएको र असफलतालाई नै सफलताको बाटो हो भनेर निरन्तर अगाडी बढेका कलाकारहरुको पनि हामी संग लामो सुची रहेको छ | यहि सुची भित्र पर्न सफल एक नाम हो गायक यमन माझी | उनलाई हामी गायकको नामबाट मात्र सम्बोधन गर्न सक्दैनौ किन भने उनी बहुमुखी प्रतिभाका धनि व्यक्ति हुन् | उनि राम्रो गायकका साथमा कम्पोजर , छाँयाकार र गाइड पनि हुन् | उनि निकै प्रतिभावान व्यक्तिमा पर्दछन् |
yaman-majhi
उनले आफ्नो २ वटा एल्बम दर्शक श्रोताहरुको माझमा सार्वजनिक गरिसकेका छन् | अब उनि आफ्नो तेस्रो एल्बमको तयारीमा रहेका छन् | उनले आफ्नो पछिल्लो २ एल्बम देखि दर्शकहरुबाट निकै राम्रो साथ पाइसकेका छन् | दर्शकहरुको त्यहि माया र साथको कारण नै अहिले आफु तेस्रो एल्बमको तयारीमा जुटेको कुरा उनि बताउछन् | अहिले उनको तेस्रो एल्बमको गीत रेकर्डिङ कार्य धमाधम भईरहेको छ | यसपटकको आफ्नो एल्बमका गीतहरु निकै नै दमदार रहेको र दर्शक श्रोताहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् |
yaman-majhi
सानै देखिको नेपाली गीत संगीतको लगाव र इच्छा संगै आफुले गरेको साधनाको सहि प्रतिफल आफुले यति बेला दर्शक श्रोताहरुको माझबाट प्राप्त गरेको कुरा उनि बताउछन् | त्यस्तै दर्शकहरुको यो साथ र मायालाई नै आफु अगाडी बढ्ने शक्तिको रुपमा लिने कुरा पनि उनले स्पस्ट पारे | उनले आफ्नो जीवन नेपाली गीत संगीतमा नै सधै व्यतित गर्ने कुरा पनि बताए | त्यस्तै जस्तो सुकै समस्या आए पनि कहिले पनि पछि नहट्ने र निरन्तर रुपमा दर्शक श्रोताहरुलाई राम्रो र उत्कृष्ट प्रस्तुति दिने प्रयास गरिरहने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् |
yaman-majhi
त्यस्तै दर्शक श्रोता आफ्नो लागि भगवानको स्वरूप रहेकोले उहाहरुको साथ अनि माया आफ्नो लागि निकै महत्वोपूर्ण रहेको कुरा पनि उनले बताए | त्यस्तै उनले सधैब नेपाली गीत संगीतलाई माया गरि सल्लहा सुझाबको साथमा आफु जस्तो कलाकारहरुलाई हौसला प्रदान गरिदिनु हुन दर्शक श्रोताहरुलाई उनले हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: