Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
लामो समय देखि नेपाली गीत संगीतको सर्जक भएर लागिपर्नु भएको रचनाकार तथा निर्देशक गोपी दाहाललाई पुत्र लाभ भएको छ | बिगत लामो समय देखि अमेरिकामा आफ्नो परिवार संग बसोबास गर्दै आउनु भएको उहाको घरमा फेरी खुशीको आगमन भएको छ | उहाले आफ्नो पुत्रको नाम निश्चल नामकरण गरिसक्नु भएको छ |
उहाको अब चाडै नै नया गीत सार्वजनिक हुने तयारीमा रहेको छ जसबाट उहाले म्युजिक भिडियो निर्देशनमा समेत डेब्यु गर्दै हुनुहुन्छ | उहाको अबको गीत निकै नै पृथक रहेको कुरा पनि उहाले जानकारी दिनु भएको छ | दर्शकहरुको टेस्टलाई राम्रो संग बुझेर नै आफ्नो नया गीत तयार भएको कुरा उहाले बताउनु भएको छ |
लामो समय देखि नेपाली दर्शक श्रोताहरुलाई खुशी प्रदान गर्दै आइरहनु भएको रचनाकार गोपी दाहालको घरमा यति बेला ठुलो खुशीले प्रवेश गरेको छ | उहाको पारिवारिक सुखको कामना गर्दै मनोरंजनसंसार डटकम परिवारको तर्फबाट उहालाई हार्दिक मंगलमय शुभकामनाको साथमा धेरै धेरै बधाई ज्ञापन गर्दछौ |

Leave a Reply

%d bloggers like this: