Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
केहि समय अगाडी पहिलो डेब्यु चलचित्र “वीर विक्रम” देखि नै सफलता सिडी चढेकी नायिका दिया पुनले आफ्नो दोस्रो चलचित्रको सुरुवात गरेकी छिन् | चलचित्रको नाम “बमकाजी” रहेको छ | चलचित्रमा उनको जोडीको रुपमा नायक सौगात मल्ल रहेका छन् | त्यस्तै नायिका दिया पुनले नायक सौगात मल्ल संग पहिलो पटक जोडी बाधेकी छिन् | यो जोडीले कत्तिको सफलता पाउने छ भनेर हेर्नको लागि भने केहि समय पर्खिनै पर्ने हुन्छ |
bamkaji
चलचित्र “बमकाजी” का निर्देशल खिल बहादुर गुरुङ रहेका छन् | त्यस्तै चलचित्रका निर्माता तर्फ सुरेश कार्की , रबि राज कार्की र राजेश जंग गौतम रहेका छन् | चलचित्रमा दिया पुन र सौगात मल्लको साथमा बुद्धि तामाङ र विर बहादुर लामा रहेका छन् | चलचित्रलाई संजय लामाले छायांकन गर्नेछन् | छायांकन स्थलको रहन सहनमा ढल्न र आफुलाई चलचित्रको कथा वस्तुमा उत्कृष्ट रुपमा परिचालन गर्नको लागि चलचित्रका कलाकारहरु छायांकनको केहि दिन अगाडी नै त्यस तर्फ प्रस्थान गरेका हुन् | चलचित्रको छायांकन मंसिर २५ गते देखि सुरु हुने जानकारी निर्माण पक्षेले दिएको छ |
bamkaji
चलचित्रका कलाकार सहितको युनिट आज छायांकनको तयारीको लागि गोर्खा तर्फ प्रस्थान गरेको छ | चलचित्रको सम्पूर्ण छायांकन गोर्खाको सामागाउ स्थित मनासलु बेस क्याम्पको नजिक हुनेछ | त्यस स्थाको उचाई करिब ४००० मिटर रहेको छ | त्यस्तै चलचित्रको छायांकन ५२०० मिटरको उचाई रहेको तिब्बतको बोर्डर सम्म नै पुग्ने कुरा निर्माण पक्षेले बताएको छ |
bamkaji
चलचित्रको बजेट पनि निकै नै उच्च रहेको र चलचित्रको निर्माणमा कुनै पनि किसिमको कमि कमजोरी नगर्ने कुरा निर्देशक खिल बहादुर गुरुङले बताउनु भएको छ | चलचित्रको कथा वस्तु निकै नै राम्रो भएको र दर्शकहरुको टेस्टलाई मध्य नजर गरेर नै चलचित्रको बिषय बस्तु तयार पारिएको कुरा पनि उहाले स्पस्ट पार्नु भएको छ | चलचित्रमा दर्शकहरुलाई मनोरंजनको लागि थुप्रै खुराकहरुको मिश्रण गरिएको कुरा पनि उहाले उल्लेख गर्नु भएको छ | त्यस्तै चलचित्रको कथा वस्तु मौलिकतामा आधारित रहेको हुनाले पनि धेरै लामो समयको गृहकार्य पछि सबैकुराको लागि तयार भएको कुरा पनि उहाले बताउनु भएको छ |

Leave a Reply

%d bloggers like this: