Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको बढ्दो विकास संगै अहिले धेरै कुरामा परिवर्तन आइसकेको छ | यहि हिसाबले नेपाली गीत संगीतमा नव कलाकारहरुको आगमन पनि निकै नै तिब्र रहेको छ | धेरै कलाकारहरुको आगमनले अहिले नेपाली दर्शक श्रोताहरुले पनि आफुले चाहेको गीत संगीतको आनन्द लिने मौका पाउनु भएको छ | नेपाली दर्शक श्रोताहरुको इच्छा चाहनालाई पुरा गर्नको लागि यस क्षत्रमा डटेर लागि पर्ने कलाकारहरुको पनि यहाँ कमि छैन | नया सोच लिएर अगाडी बढेको र नेपाली गीत संगीतमा नै केहि गर्छु भनेर अगाडी बढ्दै गरेको कलाकारहरुको पनि हामी माझमा लामो सुची रहेको छ | त्यसै सुची भित्र पर्न सफल एक नाम हो गायक प्रयास रसाइली | लामो समय देखि अमेरिका बसोबास गर्दै आइरहेका उनले अब चाडै नै आफ्नो दोस्रो एल्बमको तयारी गर्दैछन् |
prayas-rasaily
उनले केहि समय अगाडी मात्र आफ्नो पहिलो एल्बम “प्रतिक्षा” दर्शक श्रोताहरुको माझमा लिएर आएका थिए | उनको त्यस पहिलो एल्बमलाई दर्शकहरुले मन पनि पराइदिनु भएको थियो | त्यसै अनुरुप उनि अहिले आफ्नो दोस्रो एल्बमको लागि जमेर मेहेनतका साथ तयारी गर्दैछन् | आफ्नो पहिलो एल्बम भन्दा केहि फरक र पृथक आफ्नो दोस्रो एल्बम रहने कुरा उनले बताएका छन् | दर्शक श्रोताहरुको टेस्टलाई राम्रो संग बुझेको बताउने उनले अबको आफ्नो गीतले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत ब्यक्त गरेका छन् | आफ्नो पहिलो एल्बमको सफलता संगै आफु धेरै नै हौसिएको र दर्शक श्रोताहरुको साथ र मायाले आफुलाई अगाडी बढ्न धेरै नै हौसला मिलेको कुरा पनि उनले बताएका छन् |
prayas-rasaily
लामो समय देखि नेपाली गीत संगीतमा लागेका उनले सानै देखि आफुलाई नेपाली गीत संगीत प्रति इच्छा अनि लगाव रहेको कुरा पनि स्पस्ट परेका छन् | बिदेशमा रहेर पनि उनले नेपालीपन र आफ्नो कला संस्कृतिलाई भने भुलेका छैनन् | उनले अमेरिकामा रहेर पनि थुप्रै स्टेज प्रस्तुतिहरु दिइसकेका छन् | उनले लामो समय देखि त्यहाँ हाम्रो नेपाली तथा बिदेशी दर्शकहरुलाई आफ्नो स्वरको जादुले मनोरंजन समेत प्रदान गर्दै आइरहेका छन् | उनको गीतमा झुमेर नाच्न र आनन्द लिन त्यहाँ हुने कार्यक्रमहरुमा थुप्रै नेपाली तथा बिदेशी दर्शकहरुको भिड लाग्ने गर्दछ | बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्दै पनि नेपाली गीत संगीतमा पनि उनि निरन्तर रुपमा लागिरहेका छन् |
prayas-rasaily
युवा पुस्ताका माहिर गायकमा उनको नाम दर्ता भईसकेको छ | उनको प्रतिभाले धेरैको मन पनि लोभाएको छ | अहिले युवा पुस्ता मात्र नभएर सबै बर्गका व्यक्तिहरु उनको गीतमा रमाउने गर्दछन् | उनले आफ्नो तर्फबाट नेपाली गीत संगीतमा निरन्तर रुपमा योगदान दिदै आइरहेका छन् | नेपाली कला संस्कृति र नेपाली गीत संगीतलाई उनले बिदेशमा समेत नेपालीहरुको माझमा ज्युदो राख्ने काम गरेका छन् |
prayas-rasaily
नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको कुरा उनले बताएका छन् | नेपाली गीत संगीतमा नै आफ्नो सारा जीवन व्यतित गर्ने कुरा उनले उल्लेख गरेका छन् | दर्शक श्रोता नै आफ्नो लागि भगवान स्वरूप रहेको त्यसैले आफु सधैब मेहेनत गर्दै जाने र बाँकी सबै कुरा दर्शक श्रोताहरुको हातमा छोड्ने उनले बताए | नेपाली दर्शक श्रोताहरुलाई निराश पार्ने काम आफुले कहिले पनि नगर्ने कुरा पनि उनले बताएका छन् | जस्तो सुकै परिस्थिति र समस्याहरु आएपनि कहिले पछि नहट्ने र निरन्तर रुपमा दर्शक श्रोतालाई राम्रो अनि उत्कृष्ट प्रस्तुति दिने प्रयास गर्ने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् | ‌‍‌‍‍‍त्यसै गरि उनले देशमा तथा बिदेशमा रहनु नेपाली दर्शक श्रोताहरुलाई सधैब हाम्रो आफ्नो नेपाली गीत संगीतलाई हेरेर सुनेर माया गरेर आफु जस्तो नया कलाकारहरुलाई सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् |

Leave a Reply

%d bloggers like this: