Tue. Apr 23rd, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा अहिले युवा पुस्ताको पकड निकै नै बलियो रहेको देखिन्छ | अहिलेको युवा पुस्ताको नेपाली गीत संगीत प्रतिको लगाव पनि उत्तिकै धेरै रहेको छ | राम्रा राम्रा प्रस्तुतिको साथमा थुप्रै नया युवा कलाकारहरुको यस क्षत्रमा आगमन हुने थालेको छ | यसै बिचमा एक कलाकार हुन् गायक एकदेव लिम्बु | केहि समय अगाडी मात्रै उनको नया गीत “लुङ्गवा माए” सार्वजनिक भएको थियो | आन्छुमे नशान र विक्रम राईको शब्द रचना र कमल रसाइलीको संगीतमा तयार भएको यस गीतमा गायक एकदेव लिम्बुले आफ्नो सुमधुर स्वर भरेका छन् | उनको यस गीतलाई अरेन्ज गर्ने काम भने टेकेन्द्र याक्शोले गरेका छन् | उनको यस गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ | उत्सव दाहालको छायांकन र युगल पोमो लिम्बुको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आयुष एसबी लिम्बु र समिक्षा लिम्बुले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् |
ekdev-limbu
ekdev-limbu
निकै कम समयमा अधिकतम दर्शकहरुको मनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेका उनले अब नेपाली सम्पूर्ण दर्शकहरुको लागि आफ्नो नया गीत लिएर आउने जमर्को गरेका छन् | अबको नया गीत निकै नै राम्रो हुने र पहिलेको भन्दा केहि फरक टेस्ट नेपाली दर्शकहरुले यस गीतमा पाउनु हुने विश्वास उनले ब्यक्त गरेका छन् | युवा पुस्ताको प्रतिनिधित्वो गर्दै नेपाली गीत संगीतमा अगाडी बढेका उनले अहिले आफ्नो प्रतिभाबाट धेरै दर्शकहरुको मनमा राज गर्न सफल भएका छन् | उनको आवाजको सबैले तारिफ गरेका छन् | उनको आवाजमा केहि फरक कुराको महसुस हुने अधिकांश दर्शकहरुको भनाई रहेको छ | उनले भर्खरै मात्र दर्शकहरुको लागि समर्पित राखेर पुरानो गीत तिमीले त हैन को कवर सोङ्ग समेत गाएका छन् | उनले नया शैलीमा यस गीतलाई प्रस्तुत गर्ने कोसिस गरेका छन् |
ekdev-limbu
ekdev-limbu
सानै देखि संगीतमा रुचि भएको उनले आफ्नो इच्छा चाहनलाई अहिले आएर सहि बाटो तर्फ निर्धारण गरेका छन् | नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा राखेका उनले नेपाली गीत संगीतमा नै केहि गर्छु भन्ने भावनाले अगाडी बढेको बताउछन् | नेपाली दर्शकहरुले उनलाई दिएको माया र सम्मानलाई उनले स्वीकार गरि उहाहरुको आफु प्रतिको विश्वासलाई कहिले पनि टुट्न नदिने बताएका छन् | अब अगाडी अझै राम्रो गर्दै जाने र दर्शकहरु आफ्नो प्रस्तुतिबाट निराश हुनु नपर्ने विश्वास उनले ब्यक्त गरेका छन् | त्यसै गरि उनले जस्तो सुकै परिस्थिति आए पनि नेपाली गीत सांगीतिक क्ष त्रबाट कहिले पनि पछि नहट्ने र सधैब डटेर लगेर मेहेनत गरि नेपाली दर्शकहरुलाई राम्रो राम्रो प्रस्तुति पेश गर्ने कोसिस गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् | यसका साथै उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सधैब नेपाली गीत संगीतलाई सुनेर हेरेर माया र सम्मान गरि सहि मुल्यांकनको गरि सल्लहा सुझाबको साथमा आफु जस्ता नया कलाकारहरुलाई अगाडी बढ्ने हौसला प्रदान गरिदिनु हुन हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: