Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
संजय दत्त, अभिषेक बच्चन, सुनील शेट्टी स्टारर “दस” २००५ को सुपरहिट बलिउड फिल्म रहेको थियो | अब यो फिल्मको सिक्वेल “११” लिएर फेरी एकपटक अनुभव सिन्हा आउने भएका छन् |
यस फिल्ममा पनि पहिलेको जस्तै संजय दत्त मुख्य अभिनयमा हुनेछन | तर उनको सानो भाई अभिषेक बच्चनको रोलमा यस पटक विद्युत जामवाल देखिदै छन् | विद्युत जामवालले आफ्नो खतरनाक एक्शनबाट बलिउडमा राम्रो पहिचान बनाइसकेका छन् | यसका साथै फिल्ममा उनि संगै बलिउड चर्चित एक्टर जोन अब्राहम पनि देखिदै छन् | उनको पनि फिल्ममा मुख्य भूमिका रहने छ |
फेरी एकपटक बलिउड एक्टर संजय दत्त र जोन अब्राहम संगै स्क्रिन शेयर गर्दै देखिने भएका छन् | पछिल्लो पटक यी दुई कलाकारले संजय गुप्ताको निर्देशनमा बनेको फिल्म “जिंन्दा” मा संगै काम गरेका थिए जो कि २००६ मा रिलिज भएको थियो | निर्माण टिमको जानकारी अनुसार फिल्मको छायांकन आउने साल देखि सुरु हुनेछ | अब हेर्न यो बाकी छ कि यसपटक संजय र जोनको जोडी हिट साबित हुनेछ या हुनेछैन | यसको लागि भने सबैले चलचित्रको रिलिज सम्मको लागि पर्खिनै पर्ने हुन्छ |

Leave a Reply

%d bloggers like this: