Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
कार्तिक १९ गतेको प्रदर्शन मिति तोक्दै चलचित्र “द फेमस” ले अहिले आफ्नो प्रोमोशन निकै तिब्र पार्दै लगिरहेको छ | बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा तयार भएको चलचित्रमा दर्शकहरुले धेरै नया कुराको मिश्रण भएको हेर्न पाउनु हुनेछ | सबै गीत एनिमेशन गरिएको यस चलचित्रमा लव स्टोरी र अहिलेको पुस्ताको कथा बस्तुलाई बिशेष आधारको रुपमा लिइएको छ | चलचित्रको प्रस्तुति नै धेरै फरक र पृथक रहेको कुरा निर्माण टिमले जानकारी दिएको छ |
the-famous
अनिल महर्जनको निर्माणमा बनेको चलचित्रमा प्रमोद खड्का, सविना कार्की, सुरबी जैन विष्ट, सोनीया जिआर, सुमन थापा, सुरेश चौधरी, रश्मी भट्ट, प्रभात बलामीको मुख्य भूमिका रहेको छ | चलचित्रमा अशोक कार्कीको छायांकन , टंक बुढाथोकी र सन्तोष प्रगादको संगीत , बाबु बलामीको द्वन्द्व र सुधिर श्रेष्ठ र सुरेश चौधरीको नृत्य निर्देशन समावेश रहेको छ | त्यसै गरि चलचित्रको सहनिर्माता प्रतिमा बलामी रहेकी छिन् |
the-famous
चलचित्रका निर्देशक संचारकर्मी समिर बलामी हुन् | पत्रकारितामा आफ्नो कुशल क्षेमताको प्रदर्शन गरिसकेका उनले अब आफ्नो पाईला चलचित्र निर्देशन तर्फ मोडेका छन् | चलचित्र क्षत्रको यो लामो समय देखिको कामको अनुभवले गर्दा नै आफुले यो किसिमको नया पाईला अगाडी बढाएको उनले बताएका छन् | आफ्नो पहिलो प्रयास आफ्नो लागि पनि धेरै नै निकै चुनौती पूर्ण भएकोले अधिक राम्रो काम गर्ने प्रयास उनले यस चलचित्रमा गरेको उल्लेख गरेका छन् | दर्शकहरुलाई राम्रो चलचित्र प्रस्तुत गर्न खोजेको र चलचित्रलाई पनि पूर्ण रुपमा न्याय गर्न कोसिस आफुले गरेको उनले प्रस्ट पारेका छन् | चलचित्रका लेखन पनि स्वयम उनि नै हुन् | आफ्नो लेखनमा उनले अहिलेको युवा पुस्ताको कथा बस्तुलाई केन्द्रित बनाएर चलचित्रलाई प्रस्तुत गर्न खोजेको बताएका छन् |
the-famous
चलचित्र निकै नै राम्रो बनेको र चलचित्रले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्देशक समिर बलामीले ब्यक्त गरेका छन् | आफ्नो पहिलो प्रयासलाई स्वीकारेर केहि कमि कमजोरीहरु भएमा सल्लहा सुझाबको साथमा आफ्नो प्रतिक्रिया राखिदिनु हुन सम्पूर्ण नेपाली दर्शकहरुलाई उनले हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् |
the-famous
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: