Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत सांगीतिक क्षत्रको बदलिदो परिवेश संगै धेरै नया प्रस्तुतिको आगमन अहिले हुन थालेको छ | अहिले थुप्रै जेनेरमा गीतहरु तयार भएको छ | प्राय सबै कलाकारहरुले अहिलेको बेलामा रमाइलो र इन्टरटेनमेन्टको बेसमा रहेर गीत तयार पार्ने गर्दछन् | तर यी विधाहरु भन्दा केहि फरक सोचेर आफ्नो प्रस्तुतिको निर्माण गर्ने पनि केहि कलाकारहरु हामी माझ उपस्थित हुनुहुन्छ | यिनै कलाकारहरु मध्यको एक कलाकार हुनुहुन्छ गायक तथा रचनाकार पूर्ण लिम्बु |
purn-limbu
निकै लामो समय देखि नेपाली गीत संगीतको साधकको रुपमा रहेका उहाले भर्खरै मात्र आफ्नो नया गीत “फरक मान्छे” सार्वजनिक गर्नुभएको छ | उहाको आफ्नो र प्रेम कृष्ण बजगाईंको शब्द रचनामा तयार भएको गीतमा उहाले आफै आफ्नो सुमधुर स्वर भर्नु भएको छ | गीतमा प्रेम कृष्ण बजगाईंको संगीत समावेश रहेको छ भने गीतलाई अरेन्ज गर्ने काम भने शिला बहादुर मोक्तानले गरेका छन् | गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो बनेको छ | चाम्स इन्टरटेनमेन्टको प्रा.लि युके र नेपालको ब्यानरमा तयार भएको उक्त गीतको निर्देशन अहिलेका चर्चित निर्देशक मिलन चाम्सले गर्नुभएको छ | राम कुमार केसीको छायांकनमा तयार भएको गीतको म्युजिक भिडियोमा महानायक राजेश हमाल र पूर्ण लिम्बुले उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् |
purn-limbu
सार्वजनिक गीतको भिडियोमा देशको तत्कालिन परिस्थितिको सुन्दर चित्रण गरिएको छ | देशमा अझै पनि कायम रहेको गरिबी तथा अरु थुप्रै समस्याहरुको गीतमा राम्रो ब्याख्या गरिएको छ | देशको समस्या हाम्रो हो र हामीले नै हाम्रो आफ्नो निकायबाट समाधानको लागि सक्दो प्रयास गर्नुपर्छ भन्ने विश्वास राख्नु भएको पूर्ण लिम्बुले यो गीत सारा नेपालीहरुको लागि समर्पित रहेको कुरा उल्लेख गर्नुभएको छ | हाम्रो सानो सहयोगले यदी कसैको ठुलो दु:ख टर्छ भने हामीले त्यसको बारेमा किन नसोच्ने ? र सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने ठुलो सोचको साथमा उहाले यो गीत निर्माण गरेको बताउनु भएको छ |
purna-limbu
purna-limbu
आफ्नो यो प्रयासले केहि हद सम्म भए पनि नेपालीहरुको समस्याहरुको सबैलाई जानकारी हुनुको साथै सहयोगी थुप्रै हातहरु अग्रसर हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | त्यसै प्रस्तुत गीतमा प्रयोग शब्दहरुको पनि सबैमा गहकिलो संदेश जाने देखिन्छ | निकै नै मार्मिक शब्द रचनामा तयार भएको उहाको गीतले संदेश दिनुको साथै सबैमा जन चेतना समेत फईलिने कुरा उहाले बताउनु भएको छ | नेपाली गीत संगीतमा निरन्तर यसै गरि लागिरहने र देशमा रहेका थुप्रै समस्याहरु प्रति पनि समाधानको लागि आफ्नो पाईलाहरु चलिरहने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ | त्यसै गरि उहाले सबैलाई तिहारको शुभकामना ब्यक्त गर्दै हामी सबै नेपाली भएको हुनाले हामीले हाम्रो देश र देश भित्रको समस्या सुल्झाउन जरुरी रहेको हुनाले सबैले सचेत भएर सहयोगको लागि आफ्नो हातहरु अगाडी बढाई दिनुहुन सबै नेपालीहरुलाई हृदय देखि नै बिनम्र अनुरोध गर्नुभएको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: