Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको तिब्र गतिमा भईरहेको बढ्दो विकास संगै पछिल्लो क्रममा युवा पुस्ताको लगाव नेपाली गीत सांगीतिक क्षत्र प्रति निकै धेरै हुन थालेको छ | अहिले दिन प्रति दिन नेपाली सांगीतिक क्षत्रमा नया युवा पुस्ताका कलाकारहरुको आगमन निकै धेरै हुन थालेको छ | यसै बिचमा भर्खरै आफ्नो पाईला नेपाली गीत सांगीतिक क्षत्रमा राख्दै छन् गायक अनिल तुम्याङ्ग | उनले नेपाली गीत संगीतमा पहिलो पाईला स्वरुप आफ्नो पहिलो गीत “तिमीलाई सम्झी” सार्वजनिक गरेका छन् | सांगे ब्लोनको शब्द र टिका बोम्जनको संगीतमा तयार भएको यस गीतमा उनले आफ्नो सुमधुर स्वर भरेका छन् | यस गीतको म्युजिक भिडियो पनि निकै राम्रो बनेको छ | ज्ञानेन्द्र शर्माको छायांकनमा आर.बि लामाको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अनु शाह र राजकुमार लिङ्गदेनले निकै राम्रो अभिनय प्रस्तुत गरेका छन् | उनले यो गीत आफ्नो अब बिमोचनको तयारीमा रहेको उनको पहिलो एल्बम “सुरुवात” बाट लिएका हुन् |
anil-tumyang
सानै देखिको नेपाली गीत संगीत प्रतिको उनको इच्छा र लगावले अहिले आएर सहि ठाउँ पाएको छ | लामो समयको पर्खाई र साधना अनि मेहेनतको कारण आज उनि यस किसिमको आफ्नो पहिलो पाईला चाल्न सफल भएका छन् | नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा रहेको र यसको लागि आफु डटेर हरपल लागिनै रहने विश्वास उनले ब्यक्त गरेका छन् | ताप्लेजुङ्गको खेबाङ्ग गाउमा हुर्केर काठमाडौँमा रहेर गीत संगीतको लागि प्रयास रत्न रहेका उनले आफ्नो पहिलो एल्बम आफ्नो गाउ ताप्लेजुङ्ग खेबाङ्गमा नै गएर छिट्टै बिमोचन गर्ने जानकारी दिएका छन् |
anil-tumyang
आफ्नो कामबाट आफुले धेरै कुरा सिकेको र धेरै कुराको भोगाईले पनि नया कुराको लागि प्रोत्साहन दिने उनको भनाई रहेको छ | अबको आफ्नो नया प्रस्तुति अहिलेको भन्दा अझै राम्रो हुने कुरा उनले उल्लेख गरेका छन् | अबको केहि समयको अन्तरालमा नै आफ्नो दोस्रो नया प्रस्तुति दर्शकहरुको माझमा आउने उनले बताएका छन् | आफुलाई दर्शकहरुको साथ र हौसलाको अधिक आवस्यकता भएको हुनाले उनले सबै नेपाली दर्शकहरुलाई आफ्नो गीतलाई सुनेर हेरेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा आफुलाई अगाडी बढ्न हौसला प्रदान गरिदिनुहुन हृदय देखि नै बिनम्र अनुरोध गरेका छन् | त्यस्तै जस्तो सुकै परिस्थिति आए पनि आफु कहिले पनि पछि नहट्ने र सधैब मेहेनतको साथमा नेपाली गीत संगीतको विकास र प्रबर्धनमा लाग्ने र नेपाली दर्शकहरुलाई राम्रो राम्रो प्रस्तुति पेश गर्ने कोसिस गर्ने प्रतिबद्धता उनले जाहेर गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: