Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
बदलिदो समय संगै नेपाली चलचित्रको विकास समेत निकै तिब्र रुपमा हुदै गईरहेको छ | अहिले नेपाली दर्शकहरुको टेस्ट समेत निकै फरक हुदै गईरहेको छ | चलचित्रको कथा बस्तु संगै चलचित्र सफल हुनको लागि अहिलेको अवस्थामा गीत संगीतले पनि निकै ठुलो भूमिका खेलिरहेको छ | नेपाली चलचित्र क्षत्रको इतिहासमा धेरै गीत संगीतहरुले आफ्नो ठाउँ बनाएका छन् | पहिलेको तुलनामा अहिलेको गीत संगीतको अधिकांश कुराहरुमा परिवर्तन आइसकेको छ | नेपालमा अहिले टिनेजर अर्थात् युवा पुस्ताको पकड निकै नै बलियो छ | त्यो हिसाबमा अहिलेको गीत संगीत पनि निकै नै आकर्षक र आनन्दमय हुन जरुरी छ | अहिले नेपाली चलचित्रको गीत संगीतले अधिकतम मार्केट लिइरहेको छ | अहिले नेपाली चलचित्रमा समावेश निकै राम्रा राम्रा गीतहरुको कारण पनि थुप्रै दर्शकहरु हल सम्म आउन इच्छुक छन् | यसै बिचमा अहिले “निर जैले रिसाउने” बोलको गीतले नेपालको पूर्व देखि पश्चिम सम्मको ठाउँहरुमा राम्रो पकड राखेको छ |
purano-dhunga
प्रशंग हो चलचित्र “पुरानो डुंगा” को जुन मंसिर १० गते प्रदर्शनको लागि तम्तयार भएर बसेको छ | चलचित्र प्रदर्शन निकै समय बाकी रहदा चलचित्रले भने आफ्नो पहिलो गीत “निर जैले रिसाउने” को अडियो भने पहिले नै सार्वजनिक गरेको थियो | तर परिणाम कसैले पनि नसोचेको भयो | नेपाली चलचित्र क्षत्रमा एक किसिमको अचम्मको माहोल नै तयार भयो | उक्त गीत सार्वजनिक भएको २० दिन बित्न नपाउदै १५ लाख भन्दा बढी दर्शकहरुले उक्त गीतलाई अबलोकन गरिसकेका थिए | अहिले त्यस गीत सार्वजनिक भएको करिब २ महिना बित्न लाग्दा करिब ४३ लाख दर्शकहरुले उक्त गीतलाई युटुब मार्फत हेरिसकेका छन् | सबै आकलन अनुसार अहिले सम्म २ महिना भित्रमा करिब ७५ लाख दर्शकहरुले यस गीतलाई सुनेर अवलोकन समेत गरिसकेका छन् |



अर्को फरक कुरा के रहेको छ भने चलचित्र “पुरानो डुंगा” टिमले आफ्नो चलचित्रको उक्त गीतको कवर डान्स प्रतियोगिता समेत राखेको छ | र यो गीतले यो बिषयमा नेपाली चलचित्र क्षत्रको अहिले सम्मको रेकर्ड ब्रेक गरेको छ | अहिले सम्मको आकलन अनुसार करिब ३९ वटा कवर डान्स प्रतियोगितामा प्रवेश गरिसकेको छ | सार्वजनिक उक्त कवर डान्सको अवलोकनकर्ता समेत करिब ३० लाख भन्दा माथि पुगिसकेका छन् | त्यस्तै उक्त गीतको बाहिरी कवर डान्स पनि अहिले युटुबमा निकै धेरै मात्रामा देख्न सकिन्छ | बच्चा युवा युवती देखि बृद्ध सम्मले युटुबमा यस गीतमा नृत्य प्रस्तुत गरिसकेका छन् | नेपाल भित्र मात्र नभएर नेपाल बाहिर बिदेशका दर्शकहरुले समेत यस गीतमा आफ्नो प्रस्तुति देखाइसकेका छन् | अहिले यो गीत पहिले भन्दा पनि तिब्र रुपमा देशमा मात्र नभएर बिदेशमा समेत भाईरल बन्दै गैरहेको छ | अहिले यो गीतले नछोएको दर्शकहरु सायद नै भेटिन्छ होला |



चलचित्रको यो गीतले एकदमै ठुलो भाईरलको रुप लिएको छ | अहिले हरेक स्कुल , कलेज , चोक , गल्लि , गाडी , सडक , पसल , होटेल , मल हरेक ठाउँमा मात्र यो गीत नै पटक पटक गुञ्जिरहेको हामी सुन्न सक्दछौ | भर्खरै मात्र हामीबाट बडा दशैंले बिदा मागेर गएको छ | यस पटकको दशैंमा दुर्गा माताको भजन कृतनको ठाउँमा समेत यो गीत नै गुञ्जिरहेको देखिएको थियो | अब हामी माझ तिहार आउदै छ | तिहार भनेको देउसी भैलोको माहोल हो जसमा नाच गान गर्ने देउसी खेल्न चलन हाम्रो नेपालमा रहेको छ | अहिले गाउगाउमा तिहारको तयारी सुरु भैसकेको छ | सानासाना बालबालिकाहरु देखि युवाहरु अहिले तिहारको डान्सको तयारी गर्दैछन् तर अचम्मको कुरा के रहयो भने हरेकको टिममा निर जैले रिसाउने ले ठाउँ बनाएको छ | सबै जसो यस गीतमा तिहारमा आफ्नो डान्स देखाउन आतुर रहेका छन् |



कालीप्रसाद बास्कोटाको स्वर शब्द र संगीतमा तयार भएको यस गीतले अहिले सम्मको सबै जसो नेपाली गीतको उचाईलाई पार गरेर सबै भन्दा माथि गएर बसेको छ | गीतको यस किसिमको भाईरल रुपले सम्पूर्ण दर्शकहरुको मनमा चलचित्र पुरानो डुंगा को पर्खाईलाई अझै कठिन पार्दै लगिरहेको छ | सम्पूर्ण दर्शकहरुलाई अहिले मात्र मंसिर १० गतेको पर्खाई रहेको छ | चलचित्रको यस किसिमको डिमाण्डले अब यो चलचित्रले नेपाली चलचित्र क्षत्रमा एउटा छुट्टै इतिहास रच्नेमा कुनै दुईमत छैन | चलचित्रको सार्वजनिक गीतको यस किसिमको अपार सफलताले गर्दा अहिले सारा नेपाली चलचित्र उद्योग नै खुशीमा छ | “पुरानो डुंगा” चलचित्र अहिले मोस्ट वेटेड सूचिको सबैभन्दा माथि रहेको छ |



सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस अडियो :

हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: