Sat. Apr 20th, 2024

काठमाडाैँ । फिल्म ‘ए मेरो हजुर –४’ आगामी चैत २५ गते रिलिज हुने भएको छ । प्रदर्शनको मुखमै कोरोना भाइरसको संक्रमणका कारण गरिएको लकडाउनका कारण रिलिज स्थगित भएको फिल्म उक्त मितिमा प्रदर्शन हुने भएको हो ।
निर्माण पक्षले भाद्र १८ मा प्रदर्शन गर्न निषेधज्ञा लगायत नियमहरूमा कारण प्रदर्शन गर्न नसकिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । अहिले सरकारले फिल्महलहरू खोल्ने अनुमति दिएसँगै फिल्मको प्रदर्शन मिति तोकिएको हो ।
सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा झरना थापाको निर्देशन छ । फिल्ममा अभिनेता अनमोल केसी र सुहाना थापाले लिड रोलमा अभिनय गरेका छन् ।
यसअघि नारी दिवसको अवसर पारेर भदौ १८ लाई प्रदर्शन मिति घोषणा गरेको फिल्म अब भने चैत २५ मा प्रदर्शनमा आउने छ ।

Leave a Reply

%d bloggers like this: