Tue. Apr 16th, 2024

काठमाडाैँ । फिल्म ‘जार’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । अभिनेता सौगात मल्ल र अनुपबिक्रम शाहीको लिड रोल रहेको फिल्मको फर्स्ट लुक अाइतबार सार्वजनिक गरिएको हो ।
फिल्मको पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापा, सौगात र अनुपलाई क्यारेक्टर लुक्समा देखाइएको छ । फिल्म महिलाको कथामा बनेको बताइएको छ ।
यो फिल्मको सम्पूर्ण सुटिङ सिक्किममा गरिएको हो । फिल्ममा १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई मुख्य कथामा रूपमा चित्रित गरिएको छ ।
फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत छ भने सम्पादन अखिलेश राईको छ ।
फिल्ममा फुर्वा छिरिङ लामाको निर्देशन, इन्द्र बहादुर राईको कथा रहेको छ । फिल्म फेर्री टेल फिक्चर्सले होप रिल एण्ड एलए सर्ट्सको सहकार्यमा निर्माण भएको हो ।

Leave a Reply

%d bloggers like this: