Thu. Apr 18th, 2024

१८ भदाै, एजेन्सी । भारतीय अभिनेता तथा टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । ४० वर्षको उमेरमा उनको हर्ट अट्याकका कारण मृत्यु भएको मुम्बइको कुपर अस्पतालले जानकारी दिएको छ ।
उनी बिग बोस-१३ का विजेता समेत हुन् । सिद्धार्थले ‘बबुलका आँगन छोटे ना’ टिभि शोबाट टेलिभिजन यात्रामा पाइला राखेका थिए । यसपछि उनले बालिका बधु, आहत, लभ यु जिन्दगी लगायत चर्चित टिभी शोमा अभिनय गरेका थिए ।
टिभिका साथै उनले झलक दिखला जा सिजन ६, इन्डियाज गट ट्यालेन्ट, खत्रों के खिलाडी-७ र बिगबोस १३ र १४ जस्ता चर्चित रियालिटि शोमा पनि अभिनय गरेका थिए ।

Leave a Reply

%d bloggers like this: