Fri. Mar 29th, 2024

एजेन्सी । तामिल फिल्म ‘कञ्चना–३’मा प्रमुख भूमिकामा अभिनय गरेकी अभिनेत्री अलेक्जेन्ड्रा डिजावी मृत फेला परेकी छिन् । राघव लरेन्सको हरर फिल्ममा लिड रोलमा देखिएकी उनी गोवाको आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी हुन् ।
रिपोर्टहरूका अनुसार अलेक्जेन्ड्रा उत्तरी गोवाको अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
प्रहरीले उनकै अपार्टमेन्टमा बस्ने उनका ब्वाइफ्रेन्डसँग सोधपुछ पनि गरेको छ । तर, उक्त घटना भएको बेला उनी त्यहाँ नभएको बताइएको छ । प्रहरीले यो घटनामा थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीले चेन्नइका एक फोटोग्राफरसँग पनि ब्ल्याकमेलिङको शंका गर्दै अनुसन्धान गरिरहेको छ । अलेम्जेन्ड्राले ती फोटोग्राफर विरूद्ध २०१८ मा याैन दुर्व्यवहारको मुद्दा दर्ता गरेकी थिइन् ।
‘कञ्चना–३’मा उनी राघव लरेन्ससँग फ्ल्यासब्याकको कथामा देखिएकी थिइन् ।

Leave a Reply

%d bloggers like this: