Sat. Apr 20th, 2024

एजेन्सी । सुपरहिट दक्षिण भारतीय फिल्म ‘केजीएफ’को सिक्वेन्स ‘केजिएफ–२’को रिलिज मिति सार्वजनिक भएको छ । निर्देशक प्रशान्त नीलले सामाजिक सञ्जालमार्फत उक्त फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् ।
उक्त फिल्म दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘सलार’ रिलिज हुने दिन नै रिलिज हुने भएको छ । २०२२ अप्रिल १४ तारिखमा भारतीय बक्स अफिसमा सुपरस्टार यश र प्रभासका फिल्म भिड्ने भएका छन् ।
निर्देशक प्रशान्तले सलारसँगै केजीएफ–२ रिलिज गर्ने घोषणा गरेपछि फ्यानहरू अचम्मित भएका छन् । यी २ फिल्म अनलाइन प्लेटफर्ममा नभएर सिनेमा हलमा नै रिलिज हुने बताइएको छ ।
केजीएफ–२ मा सुपरस्टार यश, सञ्जय दत्त, रवीना टण्डन, श्रीनिधी सेट्टी, प्रकाश राज, माल्भिका अविनाश र अच्युत कुमार लगायतको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: