Thu. Apr 25th, 2024

एजेन्सी । ५० र ६० दशकका ब्यस्त कलाकार अभिनेता चन्द्र शेखर वैद्यको निधन भएको छ । ९८ वर्षका वैद्यका मुम्बईको अन्धेरीस्थित आफ्नै निवासमा बुधबार बिहान भएको हो । चन्द्र शेखरको निधनको पुष्टि उनका नाति विशाल शेखरले गरेका छन् । उनले मिडिया कुराकानीका क्रममा हजुरबुबाको निधन भएको बताएका हुन् । उनले भने– ‘हजुरबुबाको शान्त तरिकाले निधन भएको छ ।’
कुनै रोग नभएका चन्द्र शेखरमा निकै ज्वरो देखिएका कारण गत हप्ताको बिहीबार उनलाई जुहुस्थित क्रिटी केयर अस्पताल भर्ना गरिएको थियो । पछि एक दिनमै घरमा ल्याइएको थियो । नाजुक समयमा परिवारसँगै रहने इच्छा भएको कारण उनका छोरो अशोक शेखरले चन्द्र शेखरको लागि घरमै अस्पताल जस्तै ब्यवस्था गरिदिएका थिए ।

Leave a Reply

%d bloggers like this: