Tue. Apr 23rd, 2024

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष आजकै दिन मुम्बइको एक अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेका थिए ।
उनको निधनले सम्पूर्ण बलिउड इन्डस्ट्री नै स्तब्ध भएको थियो । अहिले भारतीय कलाकारहरूले विभिन्न माध्यमबाट सुशान्तको सम्झना गरिरहेका छन् ।
सुशान्तको निधन भएपछि उनका पिता केके सिंहले तुरून्तै एफआइआर दर्ता गराएका थिए । केके सिंहले सुशान्तको मृत्युमा उनकी गर्लफ्रेन्ड रिया चक्रवर्तीको संलग्नता भएको आरोप लगाउँदै एफआइआर दर्ता गराएका थिए ।
भारतीय प्रहरीले यस विषयमा धेरै जनासँग सोधपुछ गरिसकेको छ । यद्यपी, सुशान्तको निधनको ठोस निष्कर्षमा प्रहरी पुग्न सकेको छैन । अहिले पनि यस विषयको अनुसन्धानमा भारतीय प्रहरी जुटिरहेको छ ।

Leave a Reply

%d bloggers like this: