Sat. Apr 20th, 2024

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्यसम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सार्वजनिक गरेको उत्कृष्ट खेलाडीको मनोनयमा परेका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको अप्रिल महिनाका उत्कृष्ट खेलाडीको मनोनयनका सुचीमा कुशलको नाम पनि समेटिएको हो ।
कुशल भुर्तेलले नेपालमा गत हप्ता सकिएको ट्राइ नेशन्स टि२० सिरिज क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि डेब्यु खेलमै नेदरल्याण्डस् विरूद्ध अर्धशतक प्रहार गरेका थिए ।
उनले सुरूवाती तीन खेलमा लगातार अर्धशतक प्रहार गर्दै भारतका विराट कोहलीको रेकर्ड भंग गरेका थिए । कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन बनाउँदै कीर्तिमान बनाएका थिए ।
नेपालका कुशलसँगै पाकिस्तानका बाबर आजम र फखर जमानको नाम पनि उत्कृष्ट सुचीको मनोनयनमा परेको छ ।
समर्थकहरूको भोट अनुसार उत्कृष्ट खेलाडी छनोट गरिनेछ । कुशल भुर्तेललाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।

Leave a Reply

%d bloggers like this: