Fri. Apr 19th, 2024

काठमाडौंँ । फिल्म ‘ए मेरो हजुर ४’ को शीर्ष गीतको छायाँकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । १० दिनको छायाँकन सकाएर निर्माण युनिट हालै काठमाडौ फर्किएको हो ।
फिल्मको गीतमा अनमोल केसी र सुहाना थापाले नाचेका छन् । गीतमा रामजी लामिछानेले कोरियोग्राफी रहेको छ ।
फिल्मको अव १० दिनको छायांकन बाँकी रहेको छ । काठमाडौं र पोखरामा अवको छायाँकन गरेर फिलम सकिने निर्देशक झरना थापाले बताइन् ।
प्रेमकथामा बनेको फिल्म स्वर्गीय छेतन गुरुङ र निर्देशक थापाले नै लेखेका हुन् । सुनिलकुमार थापाको निर्माण रहेको फिलममा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भुमिका छ । फिल्म नयाँ बर्षको १८ भदौमा रिलिजमा आउँनेछ ।

Leave a Reply

%d bloggers like this: